भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |

साउन ७, काठमाडौँ । अबदेखि विदेशी च्यानलले नेपालमा विज्ञापनरहित सामग्रि मात्रै प्रसारण गर्न पाउने भएका छन् ।
मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रिय आमसञ्चार नीति, २०७३ स्वीकृत गरेपछि अब विदेशी च्यानलले आफ्ना प्रसारण सामग्रि नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन पाउने छैनन् ।
सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही साउन ५ गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मन्त्रिपरिषद्को २०७२ माघ १० मा गठित समितिले दिएको सुझावका आधारमा सो नीति स्वीकृत गरिएको जानकारी दिए ।
समितिका अध्यक्ष काशीराज दाहालले हस्तान्तरण गर्नुभएको प्रतिवेदनमा सञ्चारमाध्यममा हुने लगानीको पारदर्शीता, श्रमजीवी पत्रकारको हक अधिकार, मिडियाको पुनःसंरचनालगायत विषय छन् ।
बैठकले स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न तथा विदेशी विज्ञापनको प्रभाव रोक्न ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको छ ।
यो नीतिले विदेशिएको विदेशी मुद्रा कम गर्न, नेपालमा राजस्व र रोजगारी बढाउन तथा नेपाली भाषा र संस्कृतिमा परेको नकारात्मक प्रभाव कम गर्न सघाउनेछ। यो नीति नेपालभित्र प्रसारित हुने टेलिभिजनका विज्ञापनमा लागू हुनेछ ।
आम सञ्चार नीतिमा नेपालभित्र प्रसारणको अनुमति लिने विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउने (क्लीन फिड) नीति उल्लेख छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment