भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
ती मध्ये केहीले गोर्खा सैनिक कति भयानक हुन्छन् भन्ने बुझ्न केही घटनाहरु उल्लेख गरेका छन् । घटनामध्ये पनि ८ घटना यस्ता पनि छन् जसले गोर्खा सैनिकको बहादुरीका अगाडि जो कोही झुक्न बाध्य हुन्छ ।
सन १८१५ मा बेलायती सेनाले नेपालमाथि धावा बोल्यो । तर बेलायतीहरु गोर्खालीबाट सजिलै पराजित भए । त्यसपछि बेलायती सेनाका अधिकारीहरुले सोचे कि यदि गोर्खालीलो पराजित गर्न सकिदैन भने उनीहरुलाई आफ्नो सेनामा सामेल गर्न अवश्य सकिन्छ ।
त्यसपछि नेपाल र बेलायतबीच भएको शान्ति सम्झौतामा नेपाल गोर्खालीलाई बेलायती शाही सेनामा भर्ति हुने स्वीकृति दियो । त्यसपछि पहिलो र दोस्रोसहित गोर्खाली सेनाले कैयन युद्ध लडे ।
त्यस मध्येको फकल्याण्ड युद्ध त बेलायतीहरुले जीवनभर नबिर्सने युद्ध गोर्खालीले लडिदिए । अहिले गोर्खाली सेना यो ग्रहकै सबैभन्दा भयानक हुन्छन् भन्ने प्रमाणित भएको छ । एजेन्सीहरुको सहयोगमा काठमाण्डु टुडेले गोर्खाली सेनाका केही बहादुरीपूर्ण घटनाहरु खोजेको छ ।
१ सन् २०१० मा अफगानिस्तानमा गोर्खाली सैनिक दिपप्रसाद पुन एक्लैले ३० तालिबानी लडाकुको एक चिहान बनाए । उनी चेकपोइन्टको छतमा बसेर ड्युटी गरिरहेका थिए । ठीक त्यहीबेला तालिबानीले एके फोर्टी सेभेन, ग्रिनेड जस्ता घातक हतियारसहित चारैतिरबाट धावा बोले ।
दिपप्रसादलाई मार्न तालिबानीहरु छतमा चढ्न खोजे । तर उनले आफूसँग भएको १७ ग्रिनेड, ४ सय राउन्ड गोलीले ३० जना तालिबानीलाई एक एक गरी भूँईमा बजारी दिए । पुनको बहादुरीलाई बेलायतमा उच्च बहादुरीका लागि दिइने भिक्टोरिया क्रसबाट सम्मान गरियो ।
२ सन् २००८ मा गोर्खा सैनिकको एक टोली अफगानिस्तानमा एम्बुसमा पर्यो । घटनामा युवराज राई नराम्ररी घाइते भए । क्याप्टेन गजेन्द्र आङदाम्बे, राइफलम्यान धन गुरुङ र मञ्जु गुरुङले युवराजलाई ३२५ फिट माथि खुला स्थानमा बोकेर पुर्याए । टोलीका एक गोर्खाली भने घाइते युवराजको र आफ्नो राइफल बोकेर सत्रुसँग लड्न फर्किए ।
३ सन् १९४५ मा राइफल म्यान लक्ष्मण गुरुङ आफ्ना दुई साथीहरुसँग आफ्नो मोर्चामा थिए । त्यहीबेला २०० जापानी सेनाले फायर खोलिदियो । गुरुङका दुवै साथीहरु नराम्रोसँग घाइते भए । जापानी सेनाले गुरुङको सानो समूहमा ग्रिनेड फ्याक्न थाल्यो ।
गुरुङले सुरुका दुईवटा ग्रिनेड जापानी सेनाकै समूहमा फर्काइदिए । तर जब तेस्रो ग्रिनेड फकाउन खोजे त्यो गुरुङको दाहिने हातमा विष्फोट भयो । विष्फोटमा गुरुङका औलाहरु, दाहिने पाखुरा र अनुहारमा गहिरो चोट लाग्यो ।
त्यसपछि जापानी सेना गुरुङकै शिविरमा अघि बढ्यो । तर गुरुङले देब्रे हातले राइफल चलाएर ३१ जापानीलाई मृत्युको घाटमा पुर्याइदिए । त्यसपछि बाँकी जापानीले अघि बढ्ने हिम्मत गरेनन् । सो युद्धमा गुरुङको विजयी भयो । उनले पछि भिक्टोरिया क्रस प्राप्त गरे ।
४ भानुभक्त गुरुङ एक त्यस्ता योद्धा थिए जसले दोस्रो विश्वयुद्धमा एक्लैले बर्मामा जापानी सेनालाई हायलकायल पारेका थिए । जापानी सेनाको सबैजसो बंकर एक्लैले कब्जा गर्ने भानुभक्तलाई पनि भिक्टोरिया क्रसबाट सम्मान गरिएको थियो । भानुभक्तको प्लाटुनमा जब १० जनामात्रै थिए, त्यहीबेला जापानी सेनासँग घमासान युद्ध भयो ।
भानुभक्तको प्लाटुनलाई जापानीहरुले राइफल, ग्रिनेड, मोर्टारले प्रहार हुन थाल्यो । केही लुकेर प्रहार गर्नेहरुले पनि गरे । भानुभक्तले पनि एक रुखमा लुकेर जापानी सेनाको बंकरमा गोलाबारुद वर्षाउन थाले । आफ्ना अन्य साथीहरुकै अगाडि उनी बंकरमा अगाडि बढे । दुईवटा ग्रिनेड प्रहार गरेर जापानीको हौसलामा क्षतविक्षत पारिदिए । आफ्नो खुकुरीले दुई जापानी सत्रुको गर्दन छिनाए । अर्को एकलाई ढुंगाले हिकाएर समाप्त पारिदिए । फेरि आक्रमणमा उत्रेका तीन जापानीलाई उनले गोलीको निसाना बनाए ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment