भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
साउन ५,काठमाडौं। आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प उम्मेदवार बन्ने भएका छन् ।ओहायोमा जारी पार्टीको राष्ट्रिय सम्मेलनले ट्रम्पलाई राष्ट्रपतिको आधिकारिक उम्मेदवार चयन गरेको हो । सम्मेलनको दोस्रो दिन बहुमत सदस्यले ट्रम्पलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने सुझाव दिएपछि उनी राष्ट्रपतिको आधिकारिक उम्मेदवार घोषित भएका हुन् ।
ट्रम्पले अब राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
ट्रम्पले राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपतिको आधिकारिक उम्मेदवार घोषणा गरिएकोमा आफूले ठूलो गर्वको महसुस गरेको बताएका थिए । उनले आफूले राष्ट्रपतिको चुनाव जितेर अमेरिकालाई सही ढंगले परिवर्तन गर्ने दाबी गरेका थिए ।
ट्रम्पले आफूलाई प्राइमरी चुनावमा जस्तै सहयोग गर्न कार्यकर्तालाई आग्रह गरेका थिए । हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख पाल रायनले ट्रम्पका लागि कार्यकर्ताको यस्तै सहयोग आवश्यक रहेको र चुनाव जिताउन एक भएर लाग्न अपिल गरे ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment