भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

असार २५, बलिउड। फिल्म रिलिज हुनु पुर्व नै जुन फिल्मको बारेमा सोधिएको प्रश्नका कारण बलिउड अभिनेता सलमान खान विवादमा परेका थिए, तिनै फिल्म "सुल्तान" फेरी विवादमा मुछिएको छ। अभिनेता खानद्वारा अभिनित बहुचर्चित "सुल्तान"लाई केश लागेको छ । 

परिवादी साबिर अंसारी उर्फ साबिर बाबाले फिल्म सुल्तानका सम्पुर्ण टिमलाई रोयल्टी नदिएको आरोपमा मुद्दा हालेका छन् । सलमान खान लगायत, अनुश्का शर्मा, यशराज फिल्मस्, अलि अब्बासलाई फिल्मको रोयल्टीको ठगी आरोपमा मुद्दा दायर गरिएको हो । 

फिल्म निर्देशक अलि अब्बास र यशराज फिल्मसले फिल्मको कहानीको लागि २० करोड दिने भने पनि नदिएको आरोपमा मुद्दा दाएर गरेको अदालतका अधिवक्ताले जनाएका छन्।  उनले भने यस फिल्मको सुटिंगको बेला यस कहानिको परिवादिलाई थाहा भयो ।

जब पुरै फिल्म उनले देखे तव पुरै फिल्म पनि उनको जिवनसँग मेल खाने थियो । त्यसपछि आफ्नो जिवनको कहानीमा नसोधि फिल्म बनाएको आरोपमा उद्दा दाएर गरेका हुन् ।

मामलाको सुनुवाईको लागि अदालतले १२ जुलाईको लागि मिति तोकेको छ ।  यस बयानको बिवादमा पनि फिल्म सुल्तानले ४० करोडको बम्पर ओपनिङ् गरेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top