भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

असर २५, इटहरी । उद्याेग बाणिज्य महासंघ इटहरीकाे सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएकाे छ । शुक्रबार राती सावर्जनिक मत परिणाम अनुसार युवासंघ अध्यक्षमा नेकपा एमाले प्यानलका लिलम बस्नेतले १८५० मत ल्यार्इ विजयी हासील गरेका थिए भने उनका प्रतिद्वन्दी इश्वरी पराजुलीले १३९५ मत ल्याउदै नमिठाे हार ब्यहाेरेका थिए । उक्त निर्वाचनमा बस्नेत सहित उनकै प्यानलले बढी पद पाएका छन । गत असार २३ गते सम्पन्न निर्वाचनमा १९ पदकालागि ४० जना उम्मेदवार रहेका थिए भने कुल ३ हजा ३ सय ३९ मत निर्वाचनमा खसेकाे थियाे ।

त्यस्तै युवासंघकाे सदस्यहरूमा बाणिज्य तर्फबाट शैलेश बिष्ट, भूपेन्द्र बराल, टंक खनाल, कमल पौडेल, विश्वराज धिमाल र उमानाथ दाहाल विजयी भएका छन्। कांग्रेस लगायतका दल समर्थित प्यानलबाट अनिल सुब्बा, भीम पौडेल र श्याम रिजाल निर्वाचित भएका छन् ।बिजयी सदस्यहरू सबै बस्नेत प्यानलका रहेका छन ।

त्यसैगरी महिला सदस्यहरूमा बस्नेत प्यानलकै मुना तिम्सिना र रञ्जु सिग्देलले जित हासिल गरेका छन् । त्यसैगरी उद्योगतर्फ पराजुली प्यानलका दिवस पोखरेल र राजेन्द्र केशरी घिमिरे विजयी भएका छन् भने बस्नेत प्यानलबाट बजरंगलाल अग्रवाल, लक्ष्मण हुमागाई निर्वाचित भएका छन् । एशोसिएसटतर्फ एमालेकै सुदीप घिमिरे विजयी भएका छन् ।

निर्वाचन सम्पन्न हुनुअघीदेखी नै अाफ्नाे जित निश्चित रहेकाे दाबी गर्दै मिडियाहरूमा प्रचार गरेका इटहरीका कृयाशिल ब्याक्तित्व तथा ब्यवसायी इश्वरी पराजुली अाफ्नाे हार निश्चित भएकाे देखिएपछि  बिहीबार रातिनै मत परिणाम स्थलबाट बाहिरीएर उनका प्रतिदवन्दी बस्नेतलार्इ फेसबुकबाट बधाइ दिएका थिए ।

यता निर्वाचनकाे प्रचारप्रसार सुरूहुदै देखी पराजुलीकाे प्यान दरीलाे  र उनकाे जित पक्का रहेकाे भन्दै हाैसीने समर्थकहरूपनि निर्वाचनकाे मत परिणाम बाहिरिएसँगै तिन छक्कमा परेका छन ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top