भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
'सुल्तान' फिल्ममा गरेको कामका लागि चौतर्फी तारिफ बटुलेका सलमान खान अर्का अभिनेता रणविर सिहंसँग नराम्ररी रिसाएका छन्।
'सुल्तान' फिल्मको एक प्रदर्शनीका बेला कुर्सीमाथी चढेर नाचेको भन्दै सलमान रणविरसँग बेस्सरी रिसाएका हुन्। सलमानले रणविरको सो हर्कत देख्दा आफूलाई उनको टाउकोमा कुर्सी भाँच्न मनलागेको बताए।
संचारकर्मीले उनलाई रणविरको सो हर्कत कस्तो लाग्यो भनि सोधेपछि प्रतिक्रिया दिदैं सो आक्रोश पोखेका हुन्।
'फिल्म हेर्ने स्टन्ट गर्ने होइन्', उनले भने। सलमान रणविरसँग यसरी रिसाएको भएपनि केहीले भने यसलाई रणविरको सलमानप्रतिको आभारी भनेका छन् भने केहीले सस्तो स्वप्रचार भनेर आलोचना गरेका छन्।
सलमानको यस प्रतिक्रियाप्रति रणविरले कुनै प्रतिक्रिया जनाएका छैनन्।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment