भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
तस्बिरमा हेर्नुहोस् राजेश र मधुको थाइल्याण्ड मस्ती
पत्नी मधु भट्टराइसँग नायक राजेश हमाल घुमाघममा मस्त छन् । उनले अभिनय गरेको चलचित्र ‘शकुन्तला’ रिलिजको तयारीमा छ । हमाल भने पत्नीलाई लिएर थाइल्याण्ड पुगेका छन् ।
धेरैलाई थाहा नहुन सक्छ, नायक राजेश हमालको प्रिय गन्तव्यमा पर्छ थाइल्याण्ड । उनी अन्य कुनै देश जानु परेपनि थाइल्याण्डमा केही दिन बिताउने गर्छन् ।
मलेसिया, हङकङमा आयोजना भएको ‘नेफ्टा अवार्ड’मा सहभागी हुन पुग्दा हमालले पहिले थाइल्याण्डमा केही दिन समय बिताएका थिए ।

उनै राजेश यतिबेला मधुको साथमा थाइल्याण्डको पर्यटकिय शहर पतैयामा मस्ती मुडमा छन् । उनले मधुसँग पतैयामा सपिङ गर्दै घुमघाम गरेको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । हमालले १७ बर्षको उमेरमा आफू पहिलो पटक पतैयाको विचमा आएको पनि फेसबुकमार्फत नै जानकारी दिएका छन् । 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment