भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले स्याङजा जिल्लाका तीन गाउँका वासिन्दालाई स्वच्छ प्रविधिमार्फत खानेपानीमा पहुँच पु¥याउँदै कृषि तथा तरकारी खेतीका लागि सहयोग गरेको छ । एनसेलले स्याङजाका एलादी, दिप्का, र ठूलादी गाउँका ७५ घरपरिवारलाई जीवनस्तर उकास्न सहयोग गर्दै पानीको वहुउपयोगको लागि सुविधा प्रदान गरेको हो । स्थानीय वासिन्दालाई थोपा सिचाई मार्फत बढी मुल्य पर्ने तरकारी खेतीमा संलग्न भई अतिरिक्त आय आर्जन गर्ने अवसर समेत प्रदान गरिएको वताइएको छ । एनसेलले खेलावाट माथि पनि पानी तान्न मिल्ने हाइड्रोलिक ¥याम्प पम्प साथै गाउँको उच्च भागमा पानी ट्याङकी समेत निर्माण गरेको छ । यही ट्याङकी मार्फत पानी वितरण गर्न मिल्ने पूर्वाधार समेत एनसेलले वनाइदिएको छ । एनसेलको यो सहयोग सँगै त्यहाँका वासिन्दालाई ५ देखि ६ घण्टा हिँडेर पानी ल्याउनपर्ने स्थितिको अन्त्य भएको वताइएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top