भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी, ४ साउन । भारतको गुजरातमा जारी दलित आन्दोलनले उग्ररुप लिएको छ । ११ जुलाईमा गुजरातको वेरावलस्थित ऊना गाउँका एक दलित युवकमाथि निर्धात कुटपिट भएपछि सो आन्दोलन सुरु भएको हो ।

बीबीसीका अनुसार त्यसबेला उक्त युवक मृत जनावरको छाला काटिरहेका थिए । त्यसपछि उनलाई शिवसेनाका कार्यकर्ताहरुले कारको पछाडि बाँधेर निर्धात कुटपिट गरेका थिए ।

सो घटनाको भिडियो इन्टरनेटमा भाइरल भएपछि प्रहरीले आठ जनालाई गिरफ्तार गरेको थियो भने सँगै दलितहरुले आन्दोलन थालेका थिए ।andolan
सो घटनामाथि प्रहरीले छानवीन भएपछि दलितहरुले आत्महत्याको प्रयास गरेका छन् । समाचारका अनुसार भारतका विभिन्न स्थानमा दर्जनौं दलितहरुले आत्महत्याको प्रयास गरेका छन् । उनीहरुले विष पिएर आत्महत्याको गर्न खोजेका छन् ।

आन्दोलनकारी दलितहरुले राजकोटको ‘हाइवे’ ठप्प पारेका छन् । आन्दोलनकारीहरुले दोषीलाई उन्मुक्ति दिन ढिला गरेको आरोप लगाएका छन् ।

आन्दोलनका क्रममा घाइते भएका सात दलित आन्दोलनकारीलाई सरकारले उपचार गर्ने मुख्यमन्त्री आनन्दीबेन पटेलले बताएका छन् ।
khabardabali

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top