भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी, ४ साउन । बलिउडका सुपरस्टार सलमान खानको विवाहको बारेमा चर्चा हुन थालेको धेरै समय भइसकेको छ । तर सलमानले आजसम्म आफ्नो विवाहका बारेमा केहीपनि भनेको थिएनन् ।

यसपटक भने उनले आफ्नो विवाहको मिति नै तोकेका छन् । आइतबार सानिया मिर्जाको किताव ‘यस एजेन्स्ट अड्स’को विमोचन कार्यक्रममा पुगेका सलमानले आफ्नो विवाह १८ नोभेम्बरमा हुने बताएका छन् ।

पुस्तक विमोचन कार्यक्रममा व्यक्तिगत जीवनबारे सोधिएको प्रश्नमा उनले भने, मलाई घरमा अत्यन्तै ठूलो ‘प्रेसर’ छ, आमा र बहिनी जहिले मेरै विवाहबारे कुरा गर्छन् । मेरो विवाह १८ नोभेम्बरमा हुन्छ । तर, कुन वर्षको भन्ने यकिन छैन , हुनचाँहि पक्कै हुन्छ ।’

बलिउड अभिनेता सलमानको नाम निकै अघिदेखि रोमानियाकी मोडल लुलिया बन्तुरसँग जोडिदै आएको छ । तर, यसबारे उनीहरुले आजसम्म केहीपनि बताएका छैनन् ।khabardabali



भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top