भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
सामसुङको ग्यालेक्सी नोट सेभेन अहिलेसम्मको सबैभन्दा महँगो फोन हुनेछ । यसका साथै यो सामसुङको सबैभन्दा पावरफुल फोन पनि हुनेछ ।
यी हुनेछन् विशेषताः
ग्यालेक्सी नोट सेभेनको नयाँ फोनमा फ्रन्ट प्यानलमा सेन्सरहरुमा आइरिस सेन्सर हुने कुरा सार्वजनिक भएको छ । यसमा एक्सीनस ८८९३ चिपसेट हुनुका साथै ६ जीबी र्याम र ६४,१२८ र २५६ जीबी सम्मको स्टोरेज हुने बताइएको छ ।
विशेष रिपोर्टलाई मान्ने हो भने कम्पनीको यो फ्याब्लेटको स्क्रीन साइज ५.७ इन्च हुनेछ, जुन एक डुअल एज सुपर एमोलेड डिस्प्ले हुनेछ । स्क्रिनको रिजोलुसन 2560*1400 पिक्सेल हुनेछ । फोनमा ३६०० एमएएच ब्याट्रीको पावर हुनसक्छ ।
कम्पनीले सेप्टेम्बरमा हुन लागेको आइएफए इभेन्टमा यो फोनलाई लञ्च गर्नेछ । आइएएफ इभेन्ट सेप्टेम्बर २ देखि सेप्टेम्बर ७ सम्म चल्नेछ । तर त्योभन्दा पहिले यसको झलक पक्कै मिल्नेछ ।
सामसुङले आगामी २ अगस्टमा ‘सेभेन अनप्याक्ड’ नामको एउटा कार्यक्रम गर्दैछ जसमा यो फ्याब्लेट लञ्च गरिनेछ ।
आँखाको रेटिनालाई स्क्यान गर्ने सेन्सर भियतनामबाट मगाइएको बताइएको छ । सामसुङ ग्यालेक्सी नोट सेभेन SM-N930F मोडल नम्बरसँगै बजारमा आइरहेको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment