भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता ल्याएर कांग्रेससँग मिली संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि अल्पमतमा परेका ओली निकै तनाबमा छन् । जसको फलस्वरुप उनले आफ्नो पार्टी एमालेमार्फत आश्रित विद्येयकलाई लिएर संसदमा हंगामा मच्याएका छन् ।
यसभन्दा पहिले कुनै पनि सरकारमा रहेको दलले यसरी संसदअवरुद्ध गर्ने रणनीति बनाएको छैन । तर, यसपटक भने सरकारको नेतृत्व परिरहेको एमाले र एमालेको नेतृत्वमा रहेका ओलीले आफ्नो सरकार टिकाउनकै लागि संसद अवरुद्ध गर्नेसम्मको रणनीति बनाएका छन् ।
संसदको परम्परागत कार्यप्रणाली अनुसार सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा आश्रित विद्येयकलाई हटाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा राखेको चन्दै एमालेले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।
एमालेकै केही नेताले सरकार अल्पमतमा परिसकेको अवस्थामा राजीनामा दिनुपर्ने अडान लिइरहेका बेला उनले भने सरकार टिकाउन अन्तिम समयसम्म कसरी हुन्छ प्रयास गरिरहने रणनीति अपनाएका छन् । जसमा संसदअवरुद्ध गर्ने सम्मको रणनीति छ ।
बिहीबार बस्ने भनिएको संसद बैठक एमालेले अवरुद्ध गर्ने भएकै कारण सारिएको छ । यसरी ओली सरकारले संसदअवरुद्ध गर्ने रणनीति बनाएर त्यसमा पनि एउटा इतिहास बनाएको छ ।kathmandu today
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment