भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
चिसोमा कफी पिउनु स्वास्थ्य र छोाटे समयका लागी राम्रो भए पनि दिर्घकालका लागी यो घातक हुने चिकित्स बताउँछन् । जब तपाईले कफीमा चीनी र कैरेमेल हालेर सेवन गर्नुहुन्छ यसले दिनानुदिन तपाईको वजन बढाउँदै गएर दिर्घकालमा तपाइलाई तौलमा मात्रै समस्या नपारी मधुमेह लगायतका रोगको शिकार समेत बनाउन पछि पर्दैन ।
त्यस्तै बजारमा र बाटोघाटोमा राखेर बेचिने लाइम सोडाले पनि मोटोपना बढाउँछ । खेल खेल्ने र हिँड्ने मानिसका लागी ठिक भएपनि नहिँड्नेहरुका लागी यो घातक हुन्छ । । तर प्रोटीनसँग मिलाएर खान जान्ने हो भने यसले फाइदा पनि गर्छ । धेरै इर्नजीका लागी भन्दै पेय पर्दाथ पिउनेहरुको पनि तौल बढ्दै गएर दिर्घकालमा मोटोपनाले सताउने हुँदा चिकित्सकले सर्तक हुन सुझाव दिँदै आएका छन् । आइस टीमा छुट्टै चीनी राखेर खानाले पनि तौल बढ्छ ।
-एजेन्सीको सहयोगमा
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment