भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बेसुरमा वचन दिनाले अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। साझेदारीमा देखिने असमझदारीले पहिलेको सम्झौता भंग हुन सक्छ। आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
नयाँ काम प्राप्त हुनाले मन उत्साहित हुनेछ। चिताएको काम सजिलै सम्पादन हुनाले हिम्मत जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काम प्रारम्भ हुने समय छ। परिश्रमको प्रतिफल राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आलस्य गर्दा अवसरबाट वञ्चित भइनेछ। प्रक्रियाबारे सजग नबन्दा काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्। भावी योजनाहरू गोप्य राख्नुहोला। विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ। आलोचकहरूको टिप्पणीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। अरूको आश्वासनमाथि भरपर्दा धोका पाइनेछ। काम बिग्रने चिन्ताले सताउन सक्छ। रमाइलो जमघटको आनन्दबाट वञ्चित भइएला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढिन सक्छन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सुखद् समाचारले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा मनग्य फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै नजानेको सीपसमेत हासिल हुने योग छ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषिमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। कमजोरीले सताउनेछ भने समयमा काम पूरा गर्न नसकिएला। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ने अवस्था आउन सक्छ। आशा देखाउनेहरूबाटै धोका पाइएला। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् भने कामको गतिमा कमी आउने सम्भावना छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ भने नसोचेको लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
केही खर्च भए पनि रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सुखदुःखमा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिद्वन्द्वीहरू सजिलै किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले केही अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। अध्ययनमा समय दिन नसकिएला। व्यवसायमा समेत सोचेको फाइदा नउठ्न सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ। बुद्धिको उपयोगले मात्र लक्ष्य हासिल हुनेछ। अनुयायीले प्रसन्नता दिलाउनेछन्।
नेपालीपात्रोबाट साभार |
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment