भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

आफ्ना मान्छे भनेर के गर्नु ? गृहमन्त्री शक्ति बस्नेत,उर्जामन्त्री टोपबहादुर रायमाझी केपी ओलीले चलाउने । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अध्यक्षलाई नटेर्ने,आपूर्तीमन्त्री गणेशमान पुन पैसामा बिक्ने । यस्तालाई राखेर के एमाले सरकारमा बसिरहनु ?
ओली सरकारको बिदाईपछि नयाँ गठबन्धनमा सामेल हुन कस्सिएका माओवादी नेता जनार्दन शर्मा प्रभाकरले यसो भने । जनयुद्धताका आधारक्षेत्रको प्रमुख रहेका रहाल छुट्टै माओवादीमा आवद्ध नेत्रविक्रम चन्द विप्लवसँगको भेटमा सरकार परिवर्तनको चूरो कुरो यसरी खोलेका हुन ।
यी दुईबीच,बारम्बार भेटघाट भइरहन्छ । राजनीतिक कारण भनौं,सँगै छैनन । व्यक्तिगत कारण भनौ त्यति घनिष्ठता पनि होइन । एउटा रुकुमको अर्काे रोल्पाली । कतै ‘म तपाईको सहयोगी नै हुँ नि’ भन्दै उनले गरिरहने भेट लेखा समितिको सभापति छाडेर मन्त्रीमा सहज कार्यकालको निम्ति अवरोध नहुने कुराको याचना त होइन ?
तीन सदस्यीय स्थायी समिति हेमन्तप्रकाश ओली सुर्दशनलाई प्रवेश गराएर पाँच मा पुर्याउने तयारीमा जुटेका विप्लव ओली सरकार ढाल्ने खेलका पछाडि चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण तुहाउने सुनियोजित खेल हो भन्ठान्छन । आफ्ना पोलिटव्युरो सदस्यहरुसँग आइतबार साँझ केपी ओलीको सम्बोधनलगतै उनले भनेका थिए प्रचण्डलाई डिप्रेसनले सताएको जस्तो छ । बोलीमा संगती छैन ।
१५ दिन अगाडि पनौती गएर यो सरकारको विकल्प छैन भन्नेले सदनमा फर्किएर गरेको संबोधनमा आनको तान फरक छ । सुशिल कोइराला,खुमबहादुर खड्का र सशाक कोइराला जस्ता घोषित हिन्दूवादीहरु गणतन्त्रवादी अनि ओलीचाहिँ गणतन्त्र विरोधी ? विप्लवका अनुसार अब यही गतिमा संसदीय व्यवस्था अगाडि बढ्न सक्दैन ।
आजको जनआस्था साप्ताहिकले यो समाचार छापेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top