भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
स्विस फाउण्डेसनले ४ वर्ष लगाएर विश्वव्यापी मत सर्भेक्षण गरी हालै विश्वका सातवटा प्राकृतिक आश्चर्य चयन गरेको छ । फिल्म निर्माता बर्नाड वीबर देखि लिएर फुटबल स्टार लियोनेल मेस्सीको समेत सहभागिता रहेको स्विस फाउण्डेसनले न्यू सेभेन वन्डर्स नामको वेभसाइटमार्फत अनलाइन मार्फत झण्डै १० लाख मानिसको राय संकलन गरेको थियो ।
आश्चर्यको दौडमा विश्वका ४ सय ४० स्थान समावेश थिए । जसमा भोटिङका आधारमा पहिलो चरणमा ७७ स्थान छनोटमा परे । अन्तिम चरणमा छनोट हुन सफल भएका २८ स्थानमध्येबाट ७ प्राकृतिक आश्चर्य चयन गरिएको हो ।
यसरी विश्वका सात प्राकृतिक आश्चर्यमा पर्न सफल स्थानहरुमा अमेजनको जंगल, भियतनामको १६ सय टापुहरुको समूह, ह्यालोंग खाडि, अर्जेन्टिनाको इगुआजु झरना, दक्षिण कोरियाको जेजू टापु, इण्डोनेसियाको कोमोडो टापु र दक्षिण अफ्रिकाको टेबल माउन्टेन परेका छन् ।- न्यूज24 नेपाल
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment