भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौँ । लुट फिल्मबाट निर्देशनमा हात हालेर सफलता प्राप्त गरेका कलाकर्मी हुन् निश्चल बस्नेत । जिवनकै पहिलो फिल्मलाई हिट बनाएर देखाएका निर्देशक बस्नेतले राजनीतिमा केही चासो अवश्य राख्छन् ।
बेलाबेलामा हुने गरेको राजनीतिक उथलपुललार्य सामाजिक संजालमा अभिव्यक्ति दिएर भए पनि निश्चलले आफु भित्र बलेको आगो ओकल्ने गरेका छन् ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एमाओवादीले आफ्नो समर्थन फिर्ता लिएपछि निर्देशक निश्चल बस्नेतले ‘सरकार ढाल्ने र प्रधानमन्त्री को हुने भन्ने घटिया खेलमै बित्ने भो तिमिहरुको जिन्दगी । भन्दै सामाजिक संजालमा नै प्रतिक्रिया दिएका छन् ।
उनले अगाडी लेखेका छन् देश डुबाएरै छाड्ने भए दुःखी आत्माहरुले ।’osnepal

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top