भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
उनै रेखा थापा अब दोश्रो पटक निर्देशक बन्ने तयारीमा छिन् । रेखाका अनुसार यतिबेला चलचित्रको कथा लेख्ने काम भैरहेको छ । स्त्रिmप्ट फाइनल अवस्थामा रहेको बताउँदै रेखाले चलचित्रका लागि पुरुष कलाकारको खोजी भैरहेको बताइन् । रेखाले भनिन्-‘चलचित्रका लागि नायिका खोजिरहेकी छु, नायक म आफै हुँ ।’
चलचित्रको कथावस्तु केही भिन्न भएपनि रेखाले व्यवसायिक नै हुने बताइन् । चलचित्र ‘हिम्मतवाली’का निर्देशक श्याम भट्टराइलाई निकालेर रेखा आफै निर्देशक बनेकी थिइन् ।
चलचित्रको छायांकन मंसिरबाट सुरु गर्ने र यो बर्षको अन्त्यमा रिलिज गर्ने रेखाको भनाई छ । आफ्नो ब्यानर बाहिरको चलचित्र ‘पलाँस’मा काम गरेकी रेखा अब सविन श्रेष्ठको निर्माणमा बन्न लागेको चलचित्र ‘हिरो रिटन्र्स’मा भदौबाट व्यस्त हुनेछिन् । संभवत यो चलचित्रको छायांकन सकेपछि रेखा आफ्नै ब्यानरको चलचित्रमा व्यस्त हुनेछिन् ।अनलाइनखबरबाट
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment