भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, साउन ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समर्थन फिर्ता लिएकोमा नेकपा माओवादी केन्द्र ६ महिनापछि पछुताउने दाबी गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसको अवसरमा शुक्रबार बिहान कीर्तिपुरमा भएको कार्यक्रममा उहाँले अरुको ईशारामा माओवादीले सरकारको समर्थन फिर्ता लिएको भन्दै ६ महिनापछि पछुताउने दाबी गरेका हुन् ।
उहाँले माओवादीलाई कम्युनिष्ट वर्ग खुस्केको संज्ञा दिए । यस्तै कांग्रेसले संविधानकोे कार्यान्वयन भन्दा पनि कार्यकर्ता भर्ति गर्न नयाँ सरकार गठनलाई जोड दिएको उनको आरोप छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई आफुले गुरु ठानेकाले उनको वैचारिक सिद्धान्त अनुसरण गरेको प्रधानमन्त्री ओलीको भनाई छ । पुष्पलालको सपना पूरा गर्न एमाले प्रतिवद्ध रहेको पनि उनले बताए ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top