भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

२६ आषाढ, साउलो पाउलोः ब्राजिलका फुटबल लिजेण्ड पेले तेस्रो पटक विवाह बन्धनमा बाधिएका छन् । उनले शनिबार आफुभन्दा २५ वर्षले कान्छी मार्सिया सिबेले एवकीसँग विवाह गरेका हुन् ।

७५ वर्षिय पेलेले साउलो पाउलो पत्रिकालाई आफुले जुनीभरलाई माया गर्ने श्रीमती पाएको बताएका छन् ।

पेले र एवकीको भेट सन् १९८० को दशकमा भएको थियो । सन् २०१० उनीहरुको भेट साउलो पाउलोमा भयो । उनीहरुले ऐलेभेटेरमा एकअर्कालाई देखेका थिए । ५० वर्षिय व्यापारीमहिला रहेकी एवकीसँग पेलेको सम्बन्धबारे सन् २०१२ मा सार्वजनिक भएको थियो ।

लामो समयको सम्बन्धपछि उनीहरुले विवाह गर्ने निर्णय गरे । फुटबल लिजेण्ड पेलेले १३६३ खेलमा १२८१ गोल गरेका छन् । उनले ब्राजिलका लागि १९५७ देखि १९७१ सम्म फुटबल खेलेका थिए ।नेपालीपत्र डटकमबाट

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top