भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

असार २६, दक्षिणी सुडान/जुवा। दक्षिणी सुडानको जुवामा भएको झडपमा परी १ सय ५० भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

गत शुक्रबार राष्ट्रपति साल्भा किरले उपराष्ट्रपति रिक मर्चासँग भेटवार्ता गर्ने क्रममा त्यहाँ गोली चलेको थियो। उनीहरुका अंगरक्षकहरुले एक आपसमा गोली चलाउन थालेपछि दंगा भड्केको थियो । सो घटनापछि अन्य स्थानमा पनि उनीहरुका समर्थकबीच झडप सुरु भएको थियो। त्यहाँका अधिकारीहरुले मृतकको संख्या अझ बढी हुनसक्ने बताए।

दक्षिणी सुडानले आफ्नो स्वतन्तत्रा दिवस मनाइरहदाँ उक्त झडप भएको हो । सुडानबाट छुट्टिएर ५ वर्ष अघि दक्षिण सुडान एक स्वतन्त्र राज्यका रुपमा स्थापित भएको थियो । यता राष्ट्रिपति किरले भने सवैले आफूलाई कसैको समर्थक नभई एक दक्षिणी सुडानीको रुपमा हेनर्स पर्ने बताए । साथै उनले दक्षिणी सुडानी जनताले यहाँको सांस्कृतिक विभिततालाई एकताको श्रोतका रुपमा लिनुपर्ने बताए।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top