भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
अन्ततः सम्पूर्ण राजनैतिक भावनाको सोच र आशंका भन्दा भिन्न रुपमा नेपालका लोकप्रिय केपी शर्मा ओलीले संसदवाट नै राजीनामा गरेर देशलाई निकाश दिन सफल भएका छन् । संविधानमा भएको सरकार निर्माणमा जटिलतालाई चिर्नका लागि मन्त्रिपरिषदवाट निर्णय गराएर संविधानमा नै स्पष्ट व्यवस्था गर्नका लागि राष्ट्रपतिलाई आग्रह गर्दे संसदसामु गएर राजिनामा दिएका जानकारी गराएका प्रधानमन्त्री ओली विगतका प्रधानमन्त्री भन्दा, राष्ट्रवादी, वैचारिक छवि वनाएर विदा भएका छन् । सरकारमा रहदाँ सधै देश र जनताप्रति वफादार प्रधानमन्त्री ओलीको देशमा मात्र नभई अन्र्तराष्ट्रिय जगतमा पनि सफल हुन सकेको छ । यो सवै उहाँको कर्मको फल नै हो । सरकारमा रहेको सत्तासिन राजनैतिक दलले नै अविश्वासको प्रस्ताव ससदमा दर्ज गरिसकेपछि विभिन्न प्रकारका राजनैतिक परिभाषा भित्र अल्मलिने हो कि भन्ने शंकालाई ओलीको राजिनामाले चिरिदिएको छ । संसदवाट नै प्रधानमन्त्री नियुक्ति भएको र संसदको नै फेस गरेर वाहिरिन्छु भनेर अडान लिएको ओली अन्ततः अविश्वासको प्रस्ताव पहिला कि आर्थिक विनियोजन वजेट पहिले भन्ने माथापिच्चीलाई चिर्दे आर्थिक विनियोजन प्रस्तावलाई नै पहिला प्रवेश गराउन सफल प्रधानमन्त्री संसदका स्वाभाविक कामकारवाहीलाई अंगीकार गर्दे राजिनामा दिई देशलाई अन्यौलतावाट माथी उठाउन सफल वनेका छन् ।
तत्कालिन समयमा मनमोहन सरकारको नौ महिना र केपी ओलीको यो नौ महिना शासनकाल नेपालको ईतिहासमा स्वर्णिम अक्षरमा रहिरहनेछ, जुन कुरा जनताको यो सरकारप्रतिको माया, र सद्भावले नै प्रष्ट पारेको छ । सधै देश र जनताका लागि काम गर्ने केपी ओलीको यो नौ महिनाको शासन अवधिमा साच्चै देश र जनताले राष्ट्रवाद, अपनत्व, विकासको युगान्तकारी सपना देखेका थिए । तर भारतिय विस्तारवादको योजना, पदको चास्नीमा डुवेको शक्ति र नेपाली काग्रेस जसले नेकपा एमालको कामकारवाहीले आफनो शक्ति र भुमिका नै सखाप हुने हो कि भन्ने आशंकाले अन्ततः ओली सरकारलाई विस्थापित गराउने विगत देखिको सक्रियताले काम गरयो । सरकार र सत्ता भन्दा वाहिर वस्न नसक्ने नेपाली काग्रेस र आफनो भुमिका नै अव नरहने र अव अहिले पनि नभए कहिले हुने भन्ने सोचले ग्रसित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सत्तालिप्साले अन्ततः राष्ट्रवादी र देशप्रेमी ओलीलाई विस्थापन गरेर नै छाड्यो । तर नेपाली जनजनको मनमस्तिष्कमा राज गरिसकेको नेकपा एमाले र ओलीको जनताप्रतिको जवाफदेहिता, ईमान्दारिता र देशप्रेमको भावनाले सवैलाई मन्त्र मुग्ध पारिदिएको छ । जुन ओलीको नौ महिने शासनकाललाई मनमोहनको रुपमा चित्रित गरेको छ । नेपालको ईतिहासमा ३८ औ प्रधानमन्त्रीले कार्यभार सम्हाले पनि ओलीको कार्यकाललाई जनताले सधै सम्झिरहने कुरामा दुई मत हुन सक्दैन । सरकारको जनताका पक्षमा गरेको काम कारवाहीले झस्किएको नेपाली काग्रेस र माओवादी, मधेसी मोर्चा, त्यसमाथि भारतिय विस्तावादको ओली सरकार जसरी पनि विस्थापन गर्ने योजना अनुरुप यो सरकार ढलेको कुरामा कोहि पनि नेपाली जनताहरु अनभिज्ञ रहेका छैनन । यहि परिस्थितीलाई नै मध्यनजर गर्दे वजेट अगावै सरकार ढाल्न कसिएको कुतत्वहरु अन्ततः सफल भएका छन् । ओली सरकारले गरेको भारतिय नाकावन्दीको विरोध, भारतिय विस्तारवादको विरोध, देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगिलिक अखण्डता, छिमेकी देश चिनसँगकोे सम्वन्ध सुधार, देशभित्रका नै राजनैतिक शक्तिहरुको सहकार्यमा नै संविधान निर्माणमा महत्वपुर्ण भुमिका खेलेका प्रधानमन्त्री ओलीले भारत भ्रमण होस वा चिनका भ्रमणमा कुनै पनि विवादीत निर्णय नगरी नेपाली र नेपालको शिरलाई थप ठाडो वनाउन महत्वपुर्ण भुमिका खेलेका छन् ।जुन ईतिहासको पानामा स्वर्णिम अक्षरमा लेखिरहनेछ । मन्त्री वनाउन होस, वा कुनै पनि सरकारी कर्मचारीको सरुवामा समेत भारतको हस्तक्षेप रहने सन्दर्भमा भारतले नेपालले वनाएको संविधानमा फरक मत राख्दै मान्यता नै नदिएको सन्दर्भमा संविधानको कार्यन्वयन मा गरेको ओलीको भुमिकाले देश सार्वभौम छ भन्ने तथ्यलाई स्थापित गरिदिएको छ । ओली सरकारले जति पनि कार्यक्रम ल्यायो, त्यो देश र जनताको हितमा रहेको तथ्यलाई विर्सन सकिदैन । विपक्षीलाई उखाने प्रधानमन्त्री लागेता पनि ओली सरकारले ल्याएको वजेटले ओली सरकार साच्चै देश र जनताप्रति वफादार रहेको कुरा प्रष्ट भएको छ । आफनै देशका लगानीमा फाष्ट ट्रयाक वनाउने, ईन्धन उत्खनन् गर्ने, संविधानको कार्यन्वयन, भारतिय नाकावन्दीको सामना, भारतीय विस्तारवादको विरोध, छिमेकी देश चीनसँग गरिएको पारवहन सन्धि, भूकम्प प्रभावितलाई आवासको व्यवस्था, आपुर्ति व्यवस्थाको अग्रसरता, चीन सँग गरिएको पेट्रोलियम पदार्थको भण्डार सम्झौता, वुद्धभत्ता वृद्धि जस्ता योजना तथा कार्यक्रम पनि वजेट मा नै समावेश गर्न सक्नु नै यो सरकारको महत्वपूर्ण उपलव्धि हो ।
जनताको हक हितका लागि काम गर्दा गर्दे अन्ततः ओली सरकार विस्थापित भएका छन् । ओली सरकारले गरेको हरेक कामकारवाहीलाई नेपाली जनताले मुल्यांकन छन् । ओली सरकारको सम्मोहन, कार्ययोजना, गुरु योजना लाई अगामी सरकारले कसरी अगाडी वढाउदछ भन्ने कठोर प्रश्न खडा भएको छ । देश विकाशको यो प्रक्रिया अव के हुने भन्ने प्रश्नले झकझकाएको छ । देशको स्वाभिमानलाई वचाउनका लागि अवको सरकारको भुमिकाले नै प्रचण्डको सरकार को लोकप्रियता दाजिने छ । उसै पनि प्रधानमन्त्री पदका लागि नौ महिने म्यादी सरकार वनेका प्रचण्ड काग्रेस र भारतको कठपुतली वन्दछ कि ओली सरकार झै अडिग, राष्ट्रवादी, स्पष्ट अडान राख्ने भएर रहनेछ भन्ने कुरा नेपाली जनताले व्यग्रतापुर्वक हेरिहेका छन् । ईतिहासमा दर्ज हुने गरेर लोकप्रिय भएको ओली सरकारको नेतृत्वलाई विस्थापन गरेर काग्रेस सँगको सहकार्यले के यो नौ महिनाको म्यादी सरकारले आफनो अस्तित्व जोगाउन सक्ला ? सहमतिको रटान लगाएर फेरि पनि वहुमतिय सरकारको नेतृत्व गरेको प्रचण्डले के नेकपा एमाले सँग गुमाएको विश्वास आर्जन गर्न सक्ला ? आउदो अठार महिना भित्र तीन चुनाव गराउने वाध्यतामा वनेको सरकारका सामु संविधानको कार्यन्यन गर्नुपर्ने वाध्यतामा रहेको सरकारले के छिन छिनमा निर्णय फेर्न माहिर प्रचण्ड नेतृत्वको सरकार सफल होला ? प्रचण्ड प्रधानमन्त्री त होलान्, तर भएको साख जोगाउन भने त्यति सहज भने छैन, पल पलमा प्रचण्डले आफनो भुमिका र जिम्मेवारीको वहन गर्न सक्लान ? संसदमा रहेको सवैभन्दा ठुलो शक्ति नेपाली काग्रेसको समर्थनमा वन्ने सरकारमा प्रचण्डले के आफनो जादु गर्न सक्लान, वा काग्रेस र भारतको दलाली मात्र ? पहिलो संविधान सभामार्फत पहिलो राजनैतिक शक्ति वनेर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री भएका प्रचण्ड दोश्रो संविधान सभाको निर्वाचनमा तेश्रो शक्तिमा खुम्चेका प्रचण्ड अव हुने आम निर्वाचनमा कहाँ पुग्ने हुन्, त्यो हेर्न धेरै समय कुर्न पदैन ।

Post a Comment