भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


असार ३०, तौलिहवा (कपिलवस्तु) । कपिलवस्तु सङ्ग्रहालयका शोकेस (काठका ¥याक) किरा धमिराले खाई गल्न लागेपछि पुरातात्विक वस्तु असुरक्षित बन्दै गएका छन् ।यसका कारण ती बहुमूल्य वस्तुको अस्तित्व समेत सङ्कटमा पर्दै गएको छ । तीन दशकभन्दा बढी भईसक्दा पनि मर्मतसम्भार नहँुदा ती शोकेस किरा धमिराले खाई जीर्ण बनेका हुन् ।

यस्तै, वर्षाका बेला पुरातात्विक वस्तु सङ्ग्रहित कोठामा पानी पनि चुहिने गर्दछ । पानी चुहिँदा कोठाभरी ढुँडी लाग्दा त्यसको असर शोकेशमा पनि पर्ने गर्दछ । कपिलवस्तु नगरपालिका, शिवगढमा रहेको सङ्ग्रहालयमा राजा शुद्धोदन र भगवान् गौतम बुद्धका जीवनसँग महत्वपूर्ण सम्बन्ध राख्ने ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक वस्तु सङ्ग्रहित रहेका छन् ।किरा धमिराले शो केशको काठ खान थालेपछि त्यसको धुलो पुरातात्विक वस्तुमा आएर टाँसिने गरेको छ । यस्तो धुलो टासिँदा कतिपय पुरातात्विक वस्तु चिन्नै नसकिने अवस्थामा पुगेका छन् । त्यस्तै, जीर्ण बनेका शोकेश कतिखेर ढल्ने हो ठेगान छैन, त्यसैले पर्यटक आउँदा दुई–तीनजना उनीहरुको पछिपछि लाग्नुपर्ने स्थिति रहेकोे बताउनुहुन्छ कपिलवस्तु सङ्ग्रहालयका प्रमुख कृपाशङ्कर गुप्ता ।

सङ्ग्रहालयका महत्वपूर्ण वस्तु एउटा सानो कोठाको शो केशमा सङ्ग्रहित छन् । यहाँ पहिलोदेखि दोस्रो शताब्दीसम्मका माटोका मूर्ति, माला, भाँडाकुँडा, छैटौँ शताब्दीदेखि पहिलो शताब्दी इसा पूर्वका तामा, चाँदीका सिक्का, बहमूल्य मालमा रत्न, शिल छाप र गहनाहरु सङ्ग्रहित छन् । त्यस्तै, मुस्ताङको चोखोपानी गुफामा पाइएका १२ औँ शताब्दी इसापूर्वका मानव अवशेष, माटोका भाँडाकुँडा, कबच, कौडा, शङ्ख र पत्थरका गोलीलगायत पनि यहाँ सङ्ग्रहित छन् ।पहिले यो सङ्ग्रहालय क्षेत्रीयस्तरको रहेकाले यहाँ मुस्ताङबाट पनि पुरातात्विक वस्तु ल्याई सङ्ग्रह गरिएको थियो । कोठा सानो हुँदा कतिपय महत्वपूर्ण साम्रगी बाहिरै टिनको टहरोमा त्यसै फालिएको अवस्थामा छ ।

यसरी खुल्लमखुल्ला रुपमा पुरातात्विक साम्रगी राखिँदा असुरक्षित बनेका छन् । बाहिरै फालिएका साम्रगीमा अर्धाकारसहितको शिवलिङ्ग, जाँतो, पत्थरका ब्रह्मा, विष्णु, महेश्वरका मूर्ति, गोटिहवाको अशोक स्तम्भको फुटेको माथिल्लो भाग र पुराना पत्थर र इँटा रहेका छन् । यहाँ त्यसै बेवारिसे फालिएका सामग्रीबारेमा पटकपटक विभागमा जानकारी गराएपनि सुनुवाइ नभएको सङ्ग्रहालय प्रमुख गुप्ताले बताउनुभयो ।यता यिनै साम्रगी राख्न बनाइएको बाहिरको पैड स्टल (शो केश) पनि बजेट अभावमा सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । पाँचवर्षअघि पैड स्टल निर्माण पूरा भएपनि सरसफाइका लागि बजेट नहुँदा त्यसै उपयोगबिहीन भएर बसेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top