भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
नयाँदिल्ली—सलमान खान अहिले ‘सुल्तान’ सफलताको खुशियाली मनाइरहेका छन् । तापनि यो फिल्मको प्रमोशनको दौरान उनले दिएको विवादास्पद रेप केस कमेन्टका कारण उनी विवादमा अझै घेरिएका छन् ।
यस विषयमा उनले बिहीबार महाराष्ट्रको महिला आयोगमा उपस्थित हुन पनि इन्कार गरिदिएका छन् । यस विवादमा ‘सुल्तान’की हिरोइन अनुष्का शर्मा पनि सलमान विरुद्ध खडा भएकी छन् ।
सलमानले ‘सुल्तान’को थकाइलाग्दो सुटिङलाई लिएर भनेका थिए उनलाई बलात्कार पीडितजस्तै थकाइ महसुस हुन्थ्यो । उनलको यही भनाइलाई लिएर बलिउडमा बबाल मच्चिएको छ । उनको चर्को आलोचना भइरहेको छ ।
बलिउडका कयौं हस्तीले पनि सलमानले यस्तो बोल्न नहुने बताए । केही भने यसमा टिप्पणी गर्नबाट बचेका थिए । तर, अनुष्काले यसमा खुलेर आफ्नो मत राखेकी छिन् ।
सलमानको विवादित ‘रेप’ कमेन्टमाथि अनुष्काले एक अन्तर्वार्तामा भनिन्, ‘हामीले निश्चित रुपमा बुझेका छौं कि यो संवेदनशील विषय हो । मानिसलाई यो कुराको ख्याल हुनुपर्छ । यो यति हल्कासँग प्रयोग गर्न सकिने शब्द होइन । सेलिब्रेटीले मात्र होइन्, यसो बोल्दा सबैले ख्याल गर्नुपर्छ ।’
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment