भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीमा रहेको एउटा कार ठूलो दुर्घटनामा परेको छ । भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीको सवारीमा रहेको सो कार सडकमै दुर्घटनाग्रस्त हुँदा ५ जना घाइते भएका छन् । राष्ट्रपति मुखर्जी दार्जिलिङको बागडोगरासम्मको यात्रामा रहँदा सो दुर्घटना भएको थियो ।

घाइते हुनेमा राष्ट्रपतिको सुरक्षामा जुटेका मुख्य अधिकारी एपी सिंहसहित ५ जना रहेको बताइएको छ । राष्ट्रपति मुखर्जीको सो सवारीमा पश्चिम बंगाल राज्यकी प्रमुख ममता बनर्जीमा समेत सहभागी रहेकी थिइन् ।

बनर्जी राष्ट्रपति मुखर्जीसँग शनिबार दिल्लीमा आयोजना भैरहेको मुख्यमन्त्रीहरुको बैठकमा सहभागी हुन सँगै यात्रारत थिइन् । दुर्घटनामा परेको सो कारबाट अरु कारहरु मुस्किलले जोगिएका थिए । एउटै लाइनमा गुडिरहेका सो कार दुर्घटनामा पर्दा राष्ट्रपतिको कार भने जोगिएको छ ।

राष्ट्रपतिसँग उनका छोरा अभिजित मुखर्जी समेत सँगै रहेका थिए । अभिजित भारतीय कांग्रेस पार्टीको तर्फबाट सांसद समेत हुन् । मौसमका कारण हेलिकोप्टर उडान हुन नसक्दा राष्ट्रपति मुखर्जीले सडकमार्गबाट यात्रा गरेका थिए ।

राष्ट्रपति मुखर्जी भने सुरक्षित रहेको बताइएको छ । पश्चिम बंगालकी प्रमुख बनर्जीले ठूलो दुर्घटनाबाट बचाउन सफल दललाई भने इनाम दिने घोषणा गरेको भन्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । ।


भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top