काठमाण्डु, १ साउन– नयाँ सरकार गठनको खेलमा बिनियोजन विधेयकका आश्रित विधेयक झेलमा परेका छन् । असार मसान्तमा आश्रित विधेयक पारित नहुँदा शनिबार (१ साउन) देखि कर उठाउने विषयमा अस्पष्टता आएको हो । मुलुकको अर्थतन्त्रसँग जोडिएको विषयलाई राजनीतिक खलमा बहकाउँदा यसले समग्र अर्थतन्त्रमै सकारात्मक नजिता नदिने विश्लेषण गरिएको छ । गत २५ असारमा विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमान २१ औ संशोधन, संसदमा प्रवेश भइसकेका छन् । सत्ताको खेलले आश्रित विधेयकमा झेल भएको विश्लेषण भएको छ । संसद बैठक साउन ६ गते बोलाउनुलाई सभामुख ओनसरी घर्तीको विवादास्द कार्य मानिएको छ । राजधानी दैनिकबाट
Post a Comment