भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
सुर्तीजन्य पदार्थको सेवनले मुख, घाँटी, तथा क्यान्सर रोगले आक्रमण सजिलै गर्न सक्छ । सुर्तीजन्य पदार्थको सेवन नै अकालमा ज्यान जाने भएकाले यसको प्रयोग गर्न नहुने चिकित्सकले सल्लाह दिँदै आएका छन् । सुर्तीजन्य पदार्थको सेवनले मानिसको ज्यान जाने भए पनि यसलाई अम्मलको रुपमा मानिसले प्रयोग गर्दै आएका छन् ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियगन गर्ने ऐन, नियम तथा निर्देशिका २०६८ अनुसार सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ चुरोट, बिडी, गुट्का, तमाखु, सुल्फा, कक्कडलगायतका सेवन नगर्न उल्लेख छ । सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा स्वास्थ्य सन्देश उल्लेख गर्नुपर्ने भए पनि सो ऐनको कार्यान्वयन हुन सकेको छैन ।
पाल्पाको दर्लमडाँडा गाविसको राम्दी र पिपलडाँडा गाविसको अगाहखोला क्षेत्रका पसलमा बेच्न राखिएका सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा स्वास्थ्य सन्देश नभएको, सुर्ती, खैनी, गुटका फेला परेको थियो ।
सहायक प्रजिअ कुँवरको नेतृत्वमा गएको टोलीले बरामद गरी ल्याएका अवैध सुर्तीजन्य पदार्थ स्थानीय बिक्री केन्द्र नजिकै स्थानीय बासिन्दा, पत्रकार, स्वास्थ्यकर्मी, प्रहरीको रोहबरमा जलाएर नष्ट गरेको हो । सहायक प्रजिअ कुँवरका अनुसार अबदेखि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियगन गर्ने ऐन, नियम तथा निर्देशिका २०६८ पालना नगरी बिक्री वितरण गर्नेमाथि कडा कारबाही हुने बताउनुभयो ।
सुर्तीजन्य पदार्थको प्याकेट स्वास्थ्य सन्देश नभएको, केही खैनीमा पनि स्वास्थ्य सन्देश नभएको र चुरोट होटलमा समेत भेटिएको तथा खुल्ला चुरोट बिक्री भइरहेको सुर्तीजन्य पदार्थको अनुगमनमा भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीले बताउनुभयो । सुर्तीजन्य पदार्थ सेवन गर्न उक्साहट गर्ने हेतुले विज्ञापन तथा प्रचारप्रसार गरेको भेटिएमा रु एक लाख जरिवाना हुने ऐनमा उल्लेख छ । शिक्षण तथा स्वास्थ्य संस्था, बालगृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम र अनाथालयको १०० मिटर वारिपरि सुर्तीजन्य पदार्थको बेचेमा रु १० हजारसम्म जरिवाना गर्न सकिने अधिकृत माधव ज्ञवालीले बताउनुभयो ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment