भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, साउन १० – सञ्चार तथा प्रविधि क्षेत्रको सुधारका लागि सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आफूले पनि अनसन बस्ने बेला आएको बताउनुभएको छ । रोमन म्यागासेसे पुरस्कार विजेता पुनले आफ्नो फेसबुक पेजमा संचार क्षेत्रको सुधारका लागि सरकारले बेवास्ता गरेको साथै यस क्षेत्रमा पनि विकृति, मनोमानी र गैर जिम्मेवारी बढेको भन्दै अनसन बस्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभएको हो ।
विशेषगरी ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याइ त्यसको उपयोग गरेर शिक्षा, स्वास्थ्य, व्यापार, कृषि तथा ई–साक्षरता जस्ता विभिन्न सेवा प्रदान गर्ने र नागरिकलाई सुविधा दिने कुरामा कुनै पनि संचार मन्त्री तथा संचार सचिवले ठोस कदम नचालेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको छ ।
आफूले धेरै पटक सुझाव दिएपनि त्यसको सुनुवाई नभएपछि अब स्वास्थ्य क्षेत्रको बेथिति हटाउन डाक्टर गोविन्द केसीले अनसन बसेजस्तै आफूले संचार क्षेत्रको सुधारका लागि अनसन बस्ने दिन आएको बताउनुभएको छ । उहाँले डाक्टर गोविन्द केसीलाई गुरु मान्दै यो कदम चाल्न तयार रहेको बताउनुभएको छ । उहाँले अघि सार्नुभएको मुख्य माग यस प्रकारका छन् ः
डाउनलोड
Kayakairan
 DOWNLOAD  PODCAST  ARCHIVE
Nepal Darpan
 DOWNLOAD  PODCAST  ARCHIVE
Bulbul
 DOWNLOAD  PODCAST  ARCHIVE
Sruti Sambeg
 DOWNLOAD  PODCAST  ARCHIVE
सबै हेर्नुहोस
    मेरो पनि भन्नु छ
दशैमा पिङ खेल्दा पालैपालो खेलिन्थ्यो । तोकिएको भन्दा धेर खेल्न खोजे तल हुनेहरुले पिङ रोकाउथे । ठ्याक्कै त्यस्तै हुदैछ संसदमा । नेताहरुलाई दशैं लाग्या छ ।
 गौरव दुलाल
कस्तो विडम्बना एकले अर्कालाई दोष नलगाई त कोहि बोल्दैन । दुधले नुहाएको को नै छ र यहाँ ? सबैले आफ्नो गल्ती कमी कमजोरीलाई सुधारेर मिलेर जानुको विकल्प छैन । यदी त्यस्तो भएन भने दलहरु विरुद्ध सडकमा नारा जुलुस हुन बेर छैन ।
 कपिल ज्ञवाली
छ महिना सरकार मेरो, अनि छ महिना तेरो भन्ने सहमती पनि जनताको हितमा गरिएको सहमती हो कि सत्ता स्वार्थ ?
 गम्भीर अर्याल
सबै हेर्नुहोस
सोसल मिडिया
Connect to Ujyaalo 90 Network
Mobile Site
RSS
Podcast
News in Nepali Election 2013
FIFA World Cup 2014
ICC Cricket World Cup
Nepal Earthquake 2072
Euro Cup 2016
News
Program Download
Download News
Desh Paradesh
Download
About CC Program Schedule
Contact Us
Radio Network
Nepal Darpan Kaya Kairan
Badalido Nepal
Programmes
Ujyaalo 90 Network
Programmes
News
Listen
Facebook YouTube
Twitter
Get Connected
SECTIONS
Tue, Jul 26, 2016 | 07:51:26 NST
Listen Live

ग्रामिण दुरसंचार कोषमा जम्मा भएको १२ अर्ब रुपैयाँ खर्च गरेर नेपालको सम्पूर्ण गाविसको हरेक वडासम्म ब्रोडब्याण्ड इन्टरनेट पुर्याउन काम थाल्नुपर्ने ।

नेपालको पहाड तथा तराईको ग्रामिण क्षेत्रमा सजिलै र सस्तो दरमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने अबको टेक्नोलोजी TV White Space Technology भएकाले यो प्रविधि गाउँ घरमा इन्टरनेट पुर्याउन चाहने सेवा प्रदायकलाई निशुल्क उपलब्ध गराउनुपर्ने ।

Mahabir Pun
22 hours ago
बुझ्नु पर्नेहरुले अनसनको बिशाल शक्ती बुझौँ. पनि पालो आउंदै छ जानी राखौं:
नेपालमा स्वास्थ्य शिक्षा क्षेत्रमा भएको बिकृति र नेपाल सरकारको जुनसुकै क्षेत्रमा राजनीतिकरण गर्ने कार्यशैलीको बिरुद्धमा गोबिन्द के.सी. ले गरेको महान संघर्षको जय होस्. कपटी, स्वार्थी र भ्रष्टाचारीहरु संग ल अचुक उपाय भनेको नै अनसन हो. सत्तामा पुगेकाहरुले र सत्ताको फल चाखनेाहरुले बुझ्न भाषा र उनीहरुलाई बुझाउनु पर्ने भाषा भने कै अनसन हो. यसमा कुनै शंका रहेन.

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top