भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौँ, ११ साउन - राष्ट्रपति विद्यादेवी भण्डारीले बाधा अडकाउ फुकाउ आदेश जारी भएलगत्तै सहमतिमा नयाँ प्रधानमन्त्री चयनका लागि दलहरूलाई आहवान गरेकी छिन्।
संविधानको धारा २९८ अन्तर्गतकै प्रावधानमा रही राष्ट्रपतिले ७ दिनभित्र राजनीतिक सहमति जुटाई प्रधानमन्त्री निर्वाचन सम्पन्न गर्न सोमबार आहवान गरेकी हुन्।
संविधानको धारा २९८ ९२० मा सहमतिका आधारमा उक्त अवधिभित्र प्रधानमन्त्री चयन र मन्त्रिपरिषद् गठनको व्यवस्था छ। उक्त धारामा संविधान जारी भएपछिको पहिलो अधिवेशनको सन्दर्भ उल्लेख भएको र त्यसले प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री कसरी बनाउने भन्नेमा संवैधानिक अन्योल थियो। त्यसैलाई हटाई प्रधानमन्त्री निर्वाचन सहज बनाउन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट बाधा अडकाउ फुकाउ आदेश जारी भएको थियो।
राष्ट्रपतिले सोमबार बिहान सोही धारामा रहेको संवैधानिक अस्पष्टता हटाउन त्यस्तो आदेश जारी गरेकी थिइन् भने साँझ उनीबाट नयाँ सरकार गठनको आहवान भएको हो। प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि संक्रमणकालीन धारा २९८ अन्तर्गतका प्रावधानभित्रै रहेर प्रधानमन्त्री चयन गर्न मिल्ने गरी अघिल्लो दिन मन्त्रिपरिषद्ले बाधा अडकाउ फुकाउ आदेशको सिफारिस गरेको थियो।
राष्ट्रपति भण्डारीले दलहरूलाई गरेको आहवान उद्धृत गर्दै राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘संविधानको धारा २९८ उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन गर्नका लागि व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आहवान गर्नुभएको छ।’
सोही धाराअनुसार एमाले अध्यक्ष ओली ९ महिनाअघि प्रधानमन्त्री बनेका थिए। यो धाराले संक्रमणकालमा एउटा मात्र सरकारको कल्पना गरेको भन्ने सत्तारूढ पक्षको व्याख्या थियो। उक्त धाराको उपधारा २ मा सहमति र ३ मा बहुमतका आधारमा प्रधानमन्त्री चुनिने व्यवस्था छ। त्यसैमा रहेको संवैधानिक अन्योल फुकाउन राष्ट्रपतिले धारा ३०५ अनुसार आदेश जारी गरेकी थिइन्। आजको कान्तिपुर दैनिक मा खबर छ

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top