भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
टेलिभिजनका तिनै आवारा धुर्सस् वास्तविक जीवनमा भने निकै उदाहरणीय पात्र छन्, जसको देशविदेशमा प्रसंशा भइरहेको छ ।
काभ्रेको पहरीबस्तीमा नमुना घर बनाएर पुनः सिन्धुपाल्चोकमा नमुना बस्ती निर्माणमा होमिएको उनीको समाजसेवाप्रतिको लगावलाई दिएर चौतर्फी प्रशंशा भइरहेको हो ।
यसै क्रममा नायिका रेखा थापाले उनको कामको प्रशंशा गरेकी छन् । उनले धुर्मुसको सामाजिक भावना देखेर आफू अचम्मा परेको भन्दै अरु १०० जना धुर्मुसजस्तै मान्छे भएको भए देश कहाँ पुग्थ्यो होला भन्दै प्रश्न गरेकी छन् ।
उनले टेलिभिजनका आवारा धुर्मुस वास्तवमा भने निकै ज्ञानी भएको भन्दै सामाजिक सञ्जालमा लेखेकी छन्–यी फटाह धुर्मुस किन यति ज्ञानी निस्के ! फिल्म भित्र जालझेल मात्र गर्ने, वास्तविक जीवनमा जिउँ ज्यान दिने । यिनको समाजिक भावना देखेर अचम्म पर्छु । यो देशमा अरु १०० मात्र धुर्मुस भएको भए, देश कस्तो हुन्थ्यो होला ?
थापाले धुर्मुसको जुन सुकै किसिमका अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहने समेत बताएकी छन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment