भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
र्यालीमा कलेज सञ्चालक, डाक्टर, प्राध्यापक, विद्यार्थी लगायतको उपस्थिति थियो। त्यही भिडमा कालो र फुलबुट्टे ड्रेसमा थिइन् एक युवती। उनी न त डाक्टर, न मेडिकल कलेज सञ्चालक, न त विद्यार्थी नै थिइन्। कालो चश्मा र हातमा आइफोन उभिएकी उनी थिइन् नायिका श्वेता खड्का।
आखिर श्वेता किन उपस्थित भइन् त?
कुराकानीमा उनले भनिन्, ‘मलाई प्रदर्शनको उद्देश्य र माग मनपर्यो, त्यसैले आएकी हुँ। नेपालमा नै कलेज खोलेर डाक्टर बन्न चाहनेहरुलाई आफन्तबाट बिछोड हुन नदिनु के राम्रो होइन र?’ उनले उल्टै प्रश्न तेर्स्याइन्।प्रदर्शनको उद्देश्य एउटा भए पनि घुमाउरो शैलीमा डाक्टर केसीको विरोध गर्नुपनि थियो।
के उनी डा. केसीको विरोधमा छिन ?
उनले भनिन्, ‘पहिले म उहाँको मागको समर्थन गर्थे, तर अब अति भयो। उहाँका केही माग जायज भए पनि धेरै माग गलत छन्। मेडिकल कलेज बन्द गराउनु जायज होइन।’उनले सुरुमा प्रदर्शनमा माग र नारा राम्रा लागेर आएको बताए पनि लगत्तै भनिन्, ‘डाक्टर भोला रिजालले फोन गरेर आउनु भन्नुभयो, अनि आएकी हुँ। मेरा धेरै साथी डाक्टर छन्, त्यसैले उनीहरुको लागि पनि हो। श्वेता केही समय भृकुटीमण्डपमा बसिन्। र्यातलि बागबजार, सुन्धारा, थापाथली हुँदै माइतिघरतिर अघि बढ्यो, तर श्वेता सिधै आफ्नै कार्यालयतिर लागिन्। पहिलाेपाेष्टबाट
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment