भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
दुवै स्थानमा कुखुराका चल्ला प्याक गरेझै कार्टुनभित्र प्लास्टिकका ट्रोमा राखिएको ‘जियोक्लेमिस हेमिल्टोनी’ वैज्ञानिक नामका कछुवा फेला परेका थिए ।
पहिलो घटनामा संलग्न भारतीय नागरिक मोहम्मद उस्मान रानीबारीबाट पक्राउ परे भने काँडाघारीमा बेवारिसे अवस्थामा सडक किनारामा कछुवा हिँड्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
दुई फरक मितिमा फेला परेका कछुवाको यो संख्या र घटना मात्रै काठमाडौं उपत्यकाका लागि नयाँ घटना हुन सक्दैन ।
उपत्यकाका सम्भ्रान्त परिवार, रेस्टुरेन्ट व्यवसायी, चिनियाँ र तिव्वती मूलका नागरिकहरुले कछुवाको मासुमा रुचि देखाएपछि यस्ता घटना दोहोरिने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले जनाएको छ ।
व्युरोका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले भने, ‘पछिल्ला वर्षहरुमा कछुवाको मासु काठमाडौंमा खपत हुँदै आइरहेको यथार्थ हो, नेपालमा भन्दा चीनमा यसको माग अझ उच्च छ। समाचारपत्र दैनिकमा समाचार छ
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment