भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

भारत, ४ साउन– भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका तर्फबाट राज्य सभामा गएको अप्रिलमा नियुक्त भएका सांसद नभजोत सिं सिद्धुले सोमबार सांसद पदबाट राजीनामा दिएका छन् ।
राज्यसभाका उपसभामुख पी.जे. करेनले सोमबार नै सिद्धुुको राजीनामा स्वीकृत भएको घोषणा गरे ।

सोमबार मात्रै भारतीय संसदको वर्षे अधिवेशन सुरु भएको हो ।

सिद्धुको राजीनामा उनी भारतीय आम आदमी पार्टीमा प्रवेश गर्ने हल्ला चलिरहेका बेला आएको छ ।

उहाँँले अर्को वर्ष आम आदमीको तर्फबाट उत्तरी राज्य पञ्जाबबाट स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने संभावना रहेको स्थानीय सञ्चारमाध्यममा हल्ला चलिरहेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट जगतबाट अवकाश लिएपछि सिद्धु भारतीय राजनीतिमा प्रवेश गरेका थिए ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top