भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

असार १९,काठमाडौं।युरो कप फुटबलको अन्तिम क्वाटर फाइनलमा आयोजक फ्रान्सले आइसल्याण्डसँग खेल्दै छ । आइतबार राती पौने १ बजे हुने यो खेलको विजेताले सेमिफाइनलमा जर्मनीसँग प्रतिस्पर्धा गर्ने छ ।

को भन्दा को बलियो ?

सन् १९८४ र २००० मा युरो कप जितेको फ्रान्सले अहिलेसम्म आइसल्याण्डसँग हार्नु परेको छैन । यी दुईबिच अहिलेसम्म ११ खेल भएकोमा फ्रान्सले ८ खेल जितेको छ भने ३ खेल बराबरी गरेको छ ।

जारी युरोकपमा फ्रान्स र आइसल्याण्ड दुवैले समान ६ गोल गरेका छन् । तर फ्रान्सले अहिलेसम्म खाएका दुवै गोल उसले पेनाल्टीमा खाएको हो । तथ्यांकमा आयोजक फ्रान्स बलियो देखिए पनि त्यसलाई मान्न आइसल्याण्डका प्रशिक्षक हेइमिर हलग्रिम्सोन तयार छैनन् ।

जारी युरो कपमा इंग्ल्याण्डलाई हराउने आइसल्याण्डका प्रशिक्षकले आफ्नो टिमले लिसेस्टर सिटीको इतिहास दोहो¥याउने दावी गर्दै भनेका छन् ‘हामी लिसेस्टरको जसरी युरोकप अन्त्य गर्न चाहन्छौं ।’

गएको सिजनमा इंग्लिस प्रिमियर लिगमा कमजोर मानिएको लिसेस्टरले उपाधि नै जितेको थियो । ‘उनीहरुले आफ्नो क्षमता अनुसार खेलेका थिए, हामी हाम्रो क्षमता अनुसार खेल्छौं’ उनले भने ‘हाम्रो टिम स्पिरिट उनीहरुकोसँग मिलेको छ ।’

क्वाटरफाइलसम्मको यात्रा

प्रिक्वाटर फाइनलमा आयरल्याण्डलाई २–१ ले हराएको फ्रान्सले समूह चरणमा रोमानियालाई १–० ले तथा अल्बानियालाई २–० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा स्वीट्जरल्याण्डसँग भने फ्रान्सले गोलरहित बराबरी खेलेको थियो ।

आयोजक फ्रान्ससँग खेल्न लागेको आइसल्याण्डले प्रिक्वाटर फाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएर सनसनी मच्चाइ सकेको छ । समूह चरणमा पोर्चुगल र हंगेरीसँग समान १–१ को बराबरी खेलेको आइसल्याण्डले अष्ट्रियालाई भने २–१ ले हराएको थियो ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top