भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन ११, टोकियो। जापानको राजधानी टोकियो नजिकै रहेको अपांगता भएकाहरुका लागि बनाइएको आवासीय क्षेत्रमा एक व्यक्तिले चक्कुले आक्रमण गर्दा कम्तिमा १९ जनाको ज्यान गएको छ ।
अपांगता भएकाहरुको रेखदेखका लागि सागमिहारामा बनाइएको आवास क्षेत्रमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा अन्य ४५ जना घाइते भएको जापानको राष्ट्रिय प्रशारक संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
राजधानी टोकियोबाट ४० किलोमिटर दक्षिण पश्चिममा रहेको अपांगता भएका व्यक्तिको आवासीय रेखदेख केन्द्रमा प्रवेश गरेर चक्कुले आक्रमण गर्ने २६ वर्षका सातोशी उएमाट्सुलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।
उनी रेखदेख केन्द्रका पूर्व कर्मचारी रहेको जापानका सञ्चारमाध्यमले जनाएका छन् । नेपाली समय अनुसार सोमबार राति सवा ११ बजे यो घटना भएको हो । उएमाट्सुले रेखदेश केन्द्र नजिकै रहेको प्रहरी चौकीमा गएर आफूले आक्रमण गरेको भन्दै अपराध कबुल गरेको जनाइएको छ । आक्रमण के कारणले गरियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top