भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


असार ३१, काठमाडौँ । संसारकै शक्तिशाली राष्ट्रका प्रमुखको सुरक्षालाई ध्यानमा राखी उनीहरुले चढने  गाडीलाई विशेष तरिकाले बनाउन थालिएको छ। बिभिन्न खाले आन्तरिक तथा वाहिय आतंकवादका कारण शक्तिशाली राष्ट्रका प्रमुखको रक्षामा पछिलो समय निकै चुनौती पूर्ण बन्दै गएकोले उनीहरुले चढने  गाडीलाई विशेष तरिकाले बनाउन थालिएको हो। उनीहरुले चड्ने कार संसारकै महंगो कार मध्यमा पर्दछ ।


१. अमेरिकी राष्ट्रपति बराक ओबाले चढने  कार पुर्वराष्ट्रपति बुस भन्दा अलग रहेको छ । टाइटैनियम, केरानिक, स्टील र एल्युमिनियमले बनेको उक्त कार ८ इन्च मोटो विशेष ढोका हुने गर्दछ । यस कारको ढोका बोइन्ग ७५७ जेटको क्याबिनको ढोका जस्तै बलियो हुने गर्दछ । करको ड्राइभरसँग स्पेशल भिडियो  सिस्टम हुने गर्दछ ,जसको कारण अँध्यारो ,धुवा र  नो-विजिबिलिटीको कन्डिसनमा पनि चलाउन सक्छन । यसमा एड्भन्स हिट सेन्सर हुने गर्दछ जसले बम र मिसायलबाट बचाउछ ।


२.चीनका  राष्ट्रपति शी जिनपिङले चढने कार पनि संसारकै महंगो कर मध्यमा पर्दछ । एफएडब्ल्यू ग्रुपले निर्माण गरेको उक्त कारको मुल्य झन्डै ९ करोड रुपैया पर्ने बताईएको छ   । उक्त कारको नाम हॉन्क्वी लिमोजिन राखिएको छ । हॉन्क्वीको अंग्रेजी अर्थ ‘रेड फ्लैग’ हो । हॉन्क्वी लिमोजिनको इन्जिन  टर्बो चार्जर्ड वी८ पावरको हुने गर्दछ  । यस कारले ८ सेकेन्डमा १०० किमिको दुरी तय गर्न सक्छ ।

३.बेलायतकी महारानी एलिजाबेथ द्धितीय  स्टेट लिमोजिनमा यात्रा गर्ने गर्दछिन् । यो कार संसारकै महंगो र सुरक्षित कार मध्यमा पर्दछ  । महारानी एलिजाबेथ द्धितीयले चढ्ने कारको बडी पैनल र सिसाको बनेको भएपनि बुलेट प्रूफ रहेको छ । उक्त कारको टायर ब्लास्ट  रेजिस्टेंट रहेको छ । यस कारको मुल्य लगभग १६ करोड रहेको छ ।

४ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बीएमडब्ल्यू७ सीरिज ७६०एलआई सिक्युरिटी एडिशनमा यात्रा गर्ने गर्दछन  ।घताक एके-47 जस्ता हतियारले समेत उक्त गाडी आक्रमण भए भित्र बस्ने मानिसलाई कुनै खालको असर गर्दैन  । यसमा एड्भन्स हिट सेन्सर हुने गर्दछ जसले बम र मिसायल बाट बचाउछ । यस कारको मुल्य झन्डै २० करोड रुपैया रहेको छ  ।

- एजेन्सी  

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top