भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन १०। झापा – अविरल वर्षापछि आएको बाढीका कारण झापामा दुई जनाको मृत्यु एकवेपक्ता र ९ सय घरपरिवार विस्थापित भएका छन् ।नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार गोलधाप ८ निवासी ६४ वर्षीय कालीवाहादुर लिम्बू र गौरादह ५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्काको मृत्यु भएको छ भने कुमरखोद ४ स्थायी वसोवास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालू भनिने वावुलाल मर्डीलाई माई खोलेले बगाएर बेपत्ता बनाएको छ ।
झापामा आज भने केही मात्रामा वर्षा रोकिएको छ । मैनाचुलीमा रहेको कनकाई जलमापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ९७.४० वर्षा मापन वर्षा भएको छ ।
वर्षापछि आएको वाढीले विस्थापित हुनेहरुको विवरण संकलन गर्ने काम भई रहेको नेपाल रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
बाढीबाट हजारौं मानिस प्रभावित भएको जनाइएको छ । विस्थापित भएकाहरुलाई राहत वितरण कार्य भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभएको छ ।झापाका मेची, निन्दा, विरिङ, कनकाई, रतुवा लगायतका नदीहरुमा पानीको सतह बढेपछि धेरैघर परिवार विस्थापित भएका हुन् । वाढीका कारण के कति आर्थिक क्षति भयो सो को भने विवरण आउन नसकको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभएको छ ।
कहाँ कति पानी पर्याे बिवरण सहित
कनकाई वर्षामापन केन्द्र
९७.४० मिलिमिटर
कन्याम टिस्टेट वर्षामापन केन्द्र
८५ मिलिमिटर
इलाम टिस्टेट वर्षामापन केन्द्र
७१ मिलिमिटर
माइपोखरी वर्षामापन केन्द्र
१५.८० मिलिमिटर
राके वर्षामापन केन्द्र
३६ मिलिमिटर
जीतपुर वर्षामापन केन्द्र
१५.२० मिलिमिटर
स्रोतः पुर्बेलीन्युज

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top