भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, ३१ असार । केपी शर्मा ओली सरकार उपप्रधानमन्त्री विजय गच्छदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न शुक्रबार विहान लाजिम्पाट पुगेका छन् ।
माओवादी केन्द्रले कांग्रेससँग मिलेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने कसरत भइरहेका बेला प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको हो ।pugea
कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेका गच्छदारले पटक–पटक प्रचण्डसँग छलफल गरेका छन् ।
प्रचण्डको निजी सचिवालयका अनुसार गच्छदारले प्रचण्डसँग नयाँ सरकार गठनको गृहकार्यबारे छलफल गरेका थिए । भेटमा प्रचण्डले गच्छदारलाई सरकारविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा समर्थन गर्न आग्रह गरेका थिए ।
जवाफमा गच्छदारले यसबारे पार्टीमा छलफल गरी जवाफ दिने बताएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
dainiknepal

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top