भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
फलेवास (पर्वत), ३१ असार । हिन्दूको पवित्र पर्व हरिशयनी एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ ।
आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ । महत्वपूर्ण पर्व हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।
पर्वत जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी र सेतीवेणीमा बिहानैदेखि स्नान गर्नेको ठूलो मेला लागेको हो । मोदी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमको रुपमा रहेको मोदीवेणीघाटमा हरिशयनी एकादशीमा स्नान गर्न ठूलो सङ्ख्यामा श्रद्धालुको घुइँचो लागेको छ ।
त्यस्तै, पर्वत, स्याङ्जा र गुल्मी तीन जिल्ला तथा धौलागिरि, गण्डकी र लुम्बिनी तीन अञ्चलको सिमानामा रहेको विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढा टाढाबाट श्रद्धालु आइपुगेका छन् ।
मोदीवेणीमा स्नान गर्नका लागि पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजारौँको सङ्ख्यामा श्रद्धालु आउने गर्दछन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मी, पाल्पाबाट श्रद्धालु आएका छन् ।
मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारको रुपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।OsNepal बाट
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment