भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन ५, टर्कीमा सैनिक कुको असफल प्रयासपछि सरकारले त्यसमा संलग्न विभिन्न क्षेत्रका व्यक्तिमाथि कारबाहीको अभियान जारी राखेको छ ।

यसक्रममा टर्कीको सरकारले शिक्षा विभागका कर्मचारीलाई पनि निलम्बित गरेको छ । टर्की सरकारले सत्ता कब्जाको असफल प्रयासमा सहभागी गरेको भन्दै १५ हजार शिक्षा कर्मचारीलाई निलम्बित गरेको छ । यस्तै सरकारले विभिन्न विश्वविद्यालयका १५ सय भन्दा धेरै डिनलाई राजनीनामा दिन आदेश दिएको छ ।

यसैगरी निजी शैक्षिक संस्थामा कार्यरत २१ हजार शिक्षकको लाइसेन्स रद्द गरेको छ । टर्कीको शिक्षा विभागले उनीहरुसबै गएको हप्ता भएको सत्ता कब्जाको असफल प्रयासका नाइके धर्मगुरु फतहुल्लाह गुलेनसँग सम्बन्धित रहेको आरोप लगाएको छ ।

टर्की सरकारले बिद्रोहमा अमेरिकामा बस्दै आएका गुलेनको हात रहेको बताउँदै आएको छ । तर गुलेनले भने सबै आरोप अस्वीकार गर्नुभएको छ ।

गएको शुक्रबार राति भएको सैनिक कुको असफल प्रयासको क्रममा दुई सय ३२ जनाको ज्यान गएको तथा १५ सय ४१ जना घाइते भएको सरकारी तथ्यांक छ । त्यसपछि सरकारले सत्ता कब्जामा संलग्न ८ हजार भन्दा धेरै सैनिकलाई पक्राउ गरेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top