भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


मानिस जति उमेर ढल्कँदै जान्छ त्यत्ति नै आफूलाई जवानी देखियोस् भन्ने चाहान्छ । केही हदसम्म यो सम्भव पनि छ । तर, केही तरिका अपनाउनु आवश्यक छ ।

यी हुन जवानी देखिन अपनाउनु पर्ने तरिका

१. जवानीपन नदेखिन छालामा हुने चाउरीपना रोक्नु आवश्यक छ । यसका लागि छाला तन्दुरुस्त राख्न स्वास्थ्यकर र ताजा खाना खानु आवश्यक पर्छ ।

२. छालालाई सुख्खा हुन नदिन प्रशस्त पानी पिउने बानस् बसाल्नु पर्छ । पानी खानाले छालालाई खराब गर्ने ‘टक्सिन’हरू पसिना र पिसाबबाट बाहिर जाने गर्छन् ।

३. हर्बल र ग्रिन टी खाने गरेमा पनि छालालाई चाउरीपना हुनबाट बचाउँछ । तर कफी भने खानु उपयुक्त हुँदैन ।

४. नियमित व्यायाम गर्दा पनि मानिसलाई बुढ्यौली देखिँदैन । व्यायाम गर्दा शरीरमा रक्तसञ्चार र श्वासप्रश्वास तीव्र हुने हुँदा शरीरमा अक्सिजनको इन्टेक बढ्दा छालालाई सुक्खा हुन अथवा चाउरी पर्न दिँदैन ।

५. तनावबाट मुक्त रहने उपाय अवलम्बन गर्ने । तनाव लिनाले शरीरका विभिन्न कोषिका नष्ट हुने हुँदा बुढ्यौली देखिने गर्छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top