भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, २९ असार । युवा संघ नेपालले केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि भइरहेका विभिन्न गतिविधिहरुप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
संघका अध्यक्ष राजीव पहारीले बुधबार अपराह्न एक विज्ञप्ति जारी इतिहासकै लोकप्रिय सरकार ढाल्नका निम्ति ९ महिना नबित्दै भित्रिबाहिरी मिसनहरुको मिलेमतोमा चालिएका नाजायज कदमहरु राष्ट्रघाति र इतिहासकै कालो धब्बाका रुपमा युवाहरुले महसुस गरेको उल्लेख गरेका छन् ।
‘जनताको व्यापक समर्थन रहेको सरकार ढाल्ने खेलले मुलुकमा राजनीतिक अस्थिरता बढाउने र मुलुकलाई अनिर्णय र अन्धकारको दिशातर्फ धकेल्ने आम युवाहरुको बुझाई छ,’ विज्ञप्तिमा भनिएको छ- ‘यो सबै परिस्थितीको कारक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने छ । जसलाई एक दिन जनताले कठघरामा उभ्याएरै छाड्नेछन् । विकासप्रेमी तथा राष्ट्रवादी शक्तिको जित हुनेछ ।’
इतिहासमा पहिलो पटक सरकारका कारण देश र जनताको शिर उँचो भइरहेको अवस्थामा, राष्ट्रिय स्वाभिमान र स्वाधिनता बलियो भएको बेला, मुलुकको दिगो विकासको मार्गचित्र तयार भइरहेको अवस्थामा, देश र जनताको हित विपरित भइरहेको अहिलेको राजनीतिक खिचातानीले आम युवाहरुमा निराशा छाएको युवा संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको राजनीतिक स्थिरता र विकास निर्माणका बाधक तत्वहरुको विरुद्ध निर्णायक संघर्ष गर्ने चेतावनी पनि युवा संघले दिएको छ ।
‘मुलुकको आर्थिक विकास र समृद्धितर्फ केन्द्रीत भइरहेको युवा संघ नेपालको कार्यक्रम र अभियान सँगसँगै त्यसभन्दा अगाडि नेपालको राजनीतिक स्थिरता र विकास निर्माणका बाधक तत्वहरुको विरुद्ध निर्णायक संघर्ष गर्ने सोचमा युवा संघ नेपाल पुगेको छ’ विज्ञप्तिमा भनिएको छ– ‘आजैका मितिदेखि नेपाल र नेपाली जनताको हित विपरित, नेपालको स्थिरतालाई लख्बल्याउन अनेक किसिमका दाउपेच र षडयन्त्रमा पार्ने देशीविदेशी जो सुकैलाई नेपाली भुमिभित्र कडा निगरानी राख्दै तत्काल उनीहरुलाई सडकमा नांगेझार पार्ने अभियानमा युवा संघ अघि बढ्नेछ ।’

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top