भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन ४। भक्तपुर, गत वर्ष वैशाख १२ गते गएको भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त मध्यपुरथिमि नगरपालिका– १२ स्थित श्री ३ विष्णुवीर मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।
गत साल पुस १० गते सुरु भएको पुनःनिर्माण भएर क्षमा पूजा गरी नियमित पूजा सञ्चालनमा आएको मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष प्रवीण झाङ श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दाको सक्रिय सहभागिता एवम् जनश्रमदान रहेको पुनःनिर्माणमा मध्यपुरथिमि नगरपालिका, गुठी संस्थान कार्यालय र नगरका विभिन्न सामाजिक सङ्घसंस्था एवम् सहकारी संस्थाको २२ रु लाखको सहयोगमा पुनःनिर्माण भएको स्थानीय समाजसेवी कृष्णलाल गोजा श्रेष्ठले जानकारी दिनुभयो । न्यूज24 नेपालबाट साभार।



भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top