भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
तर, अहिलेको अवस्थामा राजीनामा नदिने र सरकार गठन प्रक्रियालाई अवरुद्ध गर्नुपर्ने उनको राय छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले रामचन्द्र पौडेल प्रधानमन्त्रीका लागि अघि सरे प्रधानमनत्रीले तत्काल राजीनामा दिने बताए । पाण्डेले पौडेलको प्रस्तावमा प्रधानमन्त्री सकारात्मक रहेको र उनी अघि सरे तत्काल राजीनामा दिने बताए । आफुहरुसँगको छलफलमा प्रधानमन्त्रीले त्यही आशय व्यक्त गरेको बताए । उनका अनुसार बिहान निकटस्थहरुसँग प्रधानमन्त्रीले छलफल गरेका छन् । तीन दलको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले राखेको सहमतिको प्रस्तावले नयाा तरंग ल्याएको छ ।
संसद्मा अहिले अड्किएको गााठो फुकाउन मात्रै उनले प्रस्ताव राखेका हुन् वा सहमतिसागै नयाँ सरकार गठनको पहल पनि नयाँ सिराबाट गर्ने हो भन्नेमा आ आफ्नै अनुमान छन् । कांग्रेसभित्र पनि विवाद सुरु भएको छ । बजेटको आश्रित विधेयक पहिले कि अविश्वास प्रस्ताव पहिले भन्ने विवाद टुंग्याउन उनले प्रस्ताव गरेपनि त्यसलाई दुई अर्थमा हेरिएको छ । पौडेलको प्रस्ताव बजेटको आश्रित विधेयक पारित गर्ने, अविश्वास प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री ओलीले राजीनामा दिने मात्र होइन, नयाँ सरकारको निर्वाचन प्रक्रिया पनि एकसाथ अगाडि बढाउनेसम्मको छ । कांग्रेसमा माओवादीलाई सरकारको नेतृत्व गर्न दिने विषयमा पार्टीमा छलफल नगरिएको भन्दै नेता रामचन्द्र पौडेल असन्तुष्ट रहेकाले त्यही आशयमा देउवालाई गलाउन प्रस्ताव आएको उनी निकटकाहरुको बुझाई छ ।लाइटनेपालबाट साभार।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment