भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
काठमाण्डु, ८ साउन– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको इतिहासमा केपी ओली नेतृत्वको जस्तो सरकार कहिल्यै नबनेको भन्ने प्रचारबाजी भएकामा आपत्ति जनाएका छन् ।
प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि शनिबारको संसद बैठकमा टिप्पणी गर्र्दै उनले एमालेभित्रैबाट त्यस्तो प्रचार भएको भन्दै चित्त दुखाए । आफू पनि २१ महिना मुलुकको प्रधानमन्त्री बनेको भन्दै उनले त्यतिबेला मुलुक हितमा धेरै काम गरेको सुनाए । ‘एमालेभित्रैबाट यो जस्तो सरकार विगतमा बनेकै थिएन भन्ने प्रचार गरेको सुनें’, नेपालले भने, ‘म पनि २१ महिना प्रधानमन्त्री भएको हुँ ।
त्यतिबेला पनि अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाएको थिएँ । संसदमा रहेका २२ दलको चित्त बुझाएको थिएँ ।’ उनले आफ्नो सरकार प्रतिपक्षका कारण नभई एमालेभित्रैबाट ढालिएको भन्दै गुनासो पोखे । नेता नेपालले फास्ट्रयाक, मेगा सिटी र ठूला विद्युत उत्पादनको योजना ल्याएको तर अहिले कसैले सम्झाना नगरेको उल्लेख गरे ।
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्रीका रुपमा मुलुकको हितमा भारत गएर आफूले खेलेको भूमिकाको कसैले चर्चा नगरेकामा पनि दुःख मनाउ गरे । ‘देशका निम्ति गरिएका एक सय एक कामका फेहरिस्त म सँग छ’, उनले भने, ‘अनि नेकवा एमालेभित्रैबाट यत्तिको सरकार बनेकै थिएन भन्दा अचम्म लाग्छ ।’
राष्ट्रहितमा सबैले गरेका कामको एकअर्काले सम्मन गर्नुपर्नेमा उनको जोड थियो । ‘सबैको मान सम्मान गर्नुपर्छ । अरुलाई पनि मीठो लाग्ने कुरा गर्नुपर्छ’, नेपालले भने, ‘राष्ट्रिय स्वाभिमानलाई उठाउनु्पर्छ । सबैको विश्वास लिएर अघि बढुनुपर्छ ।’
काठमाण्डौँ टु-डेमा खबर छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment