भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
काठमाडौं, ३१ असार । नेत्र विक्रम चन्द ‘विप्लव ’ नेतृत्वको माओवादीले नेपाल बन्द सहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उसले नेपाल बन्द सहितको आन्दोलनको कार्यक्रम सार्वजानिक गरेको हो ।
सर्लाही जिल्लाको सगनाथ गाविसमा रहेका सुकुम्बासी बस्तीमा प्रहरीले दमन गरेकोे र सुकुम्वासी बस्ती हटाउने कार्य गरिएको विरोधमा विप्लब माओवादीले आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रम अनुसार साउन १० गते नेपाल बन्दको कार्यक्रम राखिएको छ ।

विप्लव माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माद्धारा जारी विज्ञप्तीमा १ गते पत्रकार सम्मेलन गरि देशव्यापी आदोलनको कार्यक्रम घोषणा गर्ने , साउन २ गते विहान ९ बजे देखि ११ बजे सम्म चक्काजाम , ३ गते देशभर अन्तरक्रिया कार्यक्रम , ५ गते जनप्रदर्शन र १० गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment