भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

भरतपुर । कम गुणस्तरका सुनचाँदी बेचेको आरोपमा नारायणगढका केही सुनचाँदी पसल व्यवसायीसँग लिइएको बयानपछि चितवन अदालतले चार सञ्चालकलाई धरौटी तिर्ने आदेश गरेको छ । अन्य दुईजनाको भने मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
नारायणगढको छवटा सुनचाँदी पसलबाट नमुना संकलन गरिएको थियो । जीवन ज्योति ज्वेलर्स, जगदम्बा सुनचाँदी पसल, जय सन्तोषी माँ सुनचाँदी शो–रुम, बराली गहना सप्लायर्स, माँ जानकी ज्वेलर्स र न्यू लोकमान एण्ड सन्सको नमुना संकलन गरिएको थियो ।
अदालतका सूचना अधिकारी कृष्ण बरालका अनुसार बराली सुनचाँदी पसल, जीवनज्योति ज्वेलर्स, जय सन्तोषी माँ सुनचाँदी पसलले १÷१ लाख धरौटी बुझाएका छन् । जगदम्बा सुनचाँदीले भने ५० हजार धरौटी बुझाएको छ । यसै हप्तामात्र अदालतका न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले उक्त आदेश गरेको हो । अन्य दुई सुन पसलको हकमा छिटै आदेश हुने सूचना अधिकारी बरालले जानकारी दिए ।
यस मुद्दाका आरोपितलाई बयानका लागि उपस्थित हुन जिल्ला अदालतले घरेलु कार्यालयलाई व्यक्ति उपस्थितिका लागि पत्र काटिसकेको छ । मुद्दामा अनुसन्धानका लागि बीचमा वाणिज्य विभागबाट विज्ञसमेत आएका थिए । आफूहरुको कार्यालयमा विज्ञ नहुँदा मुद्दा अघि बढाउन समस्या भएको घरेलु कार्यालयले प्रतिक्रिया दिँदै आएको थियो । यस्ता मुद्दा सरकारवादी हुन्छन् ।
जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयले यससम्बन्धी मुद्दा हेरेको थियो । संविधानमा उल्लेख भएअनुसार यस मुद्दा एक महिना अघिमात्र अदालतमा टेकाइएको हो ।
अभियोग लागेका व्यवसायीलाई बयानका लागि बोलाउँदा टारेर ढिला गरी उपस्थित हुँदा मुद्दा प्रक्रिया लम्बिएको थियो । नारायणगढमा सुनचाँदी व्यापार गर्दै आएका आधा दर्जन पसलको सुन र चाँदी अनुगमन गर्दा त्रुटी भेटिएको भन्दै मुद्दा चलाइएको हो । व्यवसायीबाट गुणस्तरमा कमी आउने गरी सुनचाँदी किनबेच भएनभएको बारे प्रमाण जुटाउनका लागि गुणस्तर तथा नापतौल विभागमा पठाइ रिर्पोटसमेत लिइसकेको छ ।
सुनचाँदी व्यवसायीले भने अनुगमनका नाममा व्यवसायीलाई आतंकित बनाउने काम भएको र आफूहरुबाट जनता ठग्ने गरी कुनै कारोवार नभएको बताउँदै आएका छन् । उपभोक्ता संरक्षण ऐन–२०५४ र नियमावली २०५६ मा व्यवस्था भएअनुसार कारबाही अघि बढाउने तयारी भएको कार्यालय स्रोतले बताएको छ । यस ऐनको दफा १० खण्ड ‘क’ विपरीत कुनै पनि व्यवसायीले कम गुणस्तरका सामान किनबेच गरेमा तीन वर्षसम्म कैद वा ५० हजार रूपैयाँ जरिबाना वा दुबै सजाय हुन सक्ने उल्लेख छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top