भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
राति गएको पहिरोले थुनेको भोटेकोशीमा अहिले भने पानीको बाहव सामान्य रहेपनि पहिरोबाट आएको लेदोसहितको पानीले तातोपानीको मानसरोवर विद्यालयमा क्षति पुर्याएको छ । त्यस्तै लिपिङको बसपार्कमा माटोको लेदो थुप्रिएकाले समस्या उत्पन्न भएको छ ।
त्यस्तै तातोपानी धारा क्षेत्रमा केही घर पनि बाढीले बगाएको उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष अर्जुन सापकोटाले जानकारी दिए ।
पहिरोसँगै आएको बाढीका कारण त्यहाँको टेलिफोन सेवा अवरुद्ध भएको छ भने आठकिलोमा गएको पहिरोले सवारी आवतजावतमा पनि समस्या भएको स्थानीय राजु घतानीले जानकारी दिए । घतानीका अनुसार भोटेकोशीमा पानीको बहाव सामान्य रहेपनि पहिरोबाट आएको लेदोसहितको पानीले बढी क्षति गर्ने अवस्था रहेको छ ।
सवारी अवरोध तथा सञ्चार सम्पर्क बिहीन भएकाले त्यहाँका स्थानीयलाई उद्दारका लागि हेलिकोप्टरको विकल्प नरहेको पनि घतानीले बताए ।
भोटेकोशीमा रातिको समयमा पानीको सतह घटेपछि लिपिङको दक्षिणी भागमा रहेको तटीय क्षेत्रका मानिसहरु आफ्नो क्षेत्रबाट भागेर पहाडि क्षेत्र Dainik hedlin
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment