भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
प्रचीन इतिहास किम्बदन्तीसँग कति बेला जोडिन्छ र कतिबेला छुट्टिन्छ, ठोकुवा गर्न गाहे छ ।
जतिबेला जनश्रुति ऐतिहासिक रुपमा सत्य देखिने सम्भावना हुन्छ, त्यो अद्धितीय हुन्छ ।
काठमाडौंबारे पनि यस्ता धेरै जनश्रुति पाइन्छन र तीमध्ये अधिकांश आलौकिक र रहस्यमय छन् । यस्तै एउटा रहस्यका रुपमा छ, काष्ठमण्डप । एक वर्ष अगाडि भूकम्पले पूर्णत क्षतिग्रस्त काष्ठमण्डपबारे यस्तै रहस्य खुल्ने सम्भावना बढेको छ ।
काष्ठमण्डपबाटै काठमाडौं नाम रहन गएको मानिन्छ । यसको प्रचीन नाम 'मरुसत' हो काष्डमण्डप विशाल सत्तल हो । यो तीनतल्ले मन्दिरका स्वरुपमा थियो । एउटै विशाल रुखको काठबाट यसको निर्माण भएको विश्वास गरिन्छ ।
पछिल्लो भूकम्पले यो पाताल हुने गरेर भत्किएको छ । अहिले यसको भौतिक स्वरुप 'ग्राउण्ड जिरो' को स्थितीमा छ । नब्बे सालको भूकम्पले भने यसमा कुनै नोक्सानी पुगेको थिएन ।
पछिल्लो भूकम्पले पुर्याएको क्षतिपछि गरिएका अनुसन्धनले धेरै रोचक तथ्य अझै गर्भमै रहेको खुलासा भएको हो । अहिलेसम्म भएका अनुसन्धानबाट जति पनि जानकारी अगाडि आएको छ, ती पुराना जनश्रुतिसँग धेरै हदसम्म मेल खाने खालका छन् ।
काष्ठमण्डपकाे छेउमै छ एउटा डबली । यसलाई स्थानीय रुपमा मरु दबु भनिन्छ । यसैभित्र इतिहासको विशाल भण्डार रहको जनश्रुति धेरै अगाडिदेखि कायम थियो ।
त्यसको विस्तृत अनुसन्धानले अब काठमाडौंबारे धेरै प्रचीन जानकारी प्राप्त हुने सम्भावना छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
Global nepalipatro बाट
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment