भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
उनका गतिविधिलाई परिवारले नजिकबाट हेर्दै आएको पनि छ । परिवारले सुर्धान उनलाई अनेक प्रयास गरिरहेपनि सफल हुन भने सकेको छैन । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार बस्दै आएको महाराजगञ्जको घर निर्मल निवास प्रवेशमा रोक लागेपछि बाहिर आफन्तकोमा बस्दै आएका पारस मंगलबार एकाएक पशुपतिनाथ मन्दिर परिसरमा झुल्किए । आफ्ना साथीहरूका साथ देखिएका पारसले गुरु गोरखनाथ बाबाको मन्दिरमा गई दर्शन गरेका थिए । पूर्व राजपरिवारले गुरु गोरखनाथ बाबालाई गुरु मान्दै आएको छ ।
मंगलबार गुरु पूर्णिमा परेकाले पारस गोरखनाथ बाबाको दर्शन गर्न मृगस्थलीको जंगलमा पुगेको उनका साथीहरूले बताएका छन् । पारसका समर्थकहरूले केही बेर उनको पक्षमा नारावाजी समेत गरेका थिए । उनीहरूले राजा आउ देश बचाउ पनि भने ।
सुनसान मृगस्थलीमा पारस आएको थाहा पाएपछि शुभेच्छुकहरूको खचाखच थियो । भद्र र शालिन अवस्थामा देखिएका पारसको अगाडि पछाडि उनका साथीहरू मात्रै थिए ।
मन्दिर परिसरमा पारसलाई दुई वृद्धाका साथै योगीहरूले स्वागत गरेका थिए । लामो कपाल पालेका पारसले मंगलबार प्याजी रंगको सर्ट र ट्राउजरका साथसामान्य खालको जुत्ता लगाएका थिए । आँखामा भने उनले चस्मा लगाएका थिए ।
गोरखनाथ बाबाको पूजा गरिसकेपछि मन्दिरका पुजारीले पारसलाई सयपत्री फूलको माला लगाइदिएका थिए । मन्दिर परिसरमा भेटिएका सबैलाई पारस आफैले हात जोडेर नमस्कार गर्दै सिंडीबाट झरे ।
बेलाबेलामा डाङडुङ गरेर चर्चामा आउन रुचाउने पारस मंगलबार भने उनलाई देख्ने सबैले यस्तो व्यक्ति किन बेलाबेलामा मात्तिएको होला भनेर प्रश्न गर्दै थिए ।
dainiknepal.com
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment